२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

विचारविहीन एकतामा ‘सती’ जान सकिँदैन : उपमहासचिव शर्मा


५८२५ पाठक संख्या
  • २०८२ कार्तिक १५, शनिबार मा प्रकाशित ३ महिना अघि
  • १५ कात्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले वैचारिक आधारबिनाको एकता ‘विचलन’ भएको टिप्पणी गरेका छन्। शनिबार पार्टीको केन्द्रीय सचिवालय बैठकमा उनले विचार र सिद्धान्त त्यागेर हुने एकतालाई समर्थन गर्न नसक्ने धारणा राख्दै बैठकबाट बाहिरिएका हुन्।

    माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादी, नेकपा समाजवादी, जनसमाजवादी, नेपाल समाजवादी पार्टी र नेकपा (चिरन पुन) समूहसँग एकता गर्ने निर्णय गरेको छ। उपमहासचिव शर्माले भने बृहत् वाम एकता नगरी सानो घेरामा हुने एकतालाई अर्थहीन भन्दै विरोध जनाएका हुन्।

    ‘राजनीतिक र वैचारिक धरातल छाडेर हुने एकतालाई समर्थन गर्न सकिँदैन,’ उनले भने, ‘पार्टीको सुदृढीकरण नगर्ने, गुटबन्दी बढाउने र आन्दोलनको भावना विपरीत हुने एकता स्वीकार्य हुँदैन।’

    उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले भने राजनीतिक, वैचारिक र सैद्धान्तिक सहमति भइसकेकाले एकता गर्न निर्णय भएको बताए। उनका अनुसार तोकिएकै समयमा निर्वाचन गराउन र राष्ट्रिय स्थायित्व कायम गर्न पार्टी एकता अपरिहार्य भएको हो।

    तर शर्माको भनाइमा, विचारविहीन एकता पार्टीको पहिचान मेटाउने र माओवादी आन्दोलनको मूल मूल्यबाट विचलन गर्ने कदम हो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार