२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

एकीकृत समाजवादी फुटको संघारमा, भुसाल समूह पुनर्गठनको तयारीमा


६१११ पाठक संख्या
  • २०८२ कार्तिक १५, शनिबार मा प्रकाशित ३ महिना अघि
  • कात्तिक १५, काठमाडौं ।नेकपा (एकीकृत समाजवादी) आन्तरिक विवादका कारण फुटको संघारमा पुगेको छ। पार्टीको केन्द्रीय कमिटीले शुक्रबार माओवादी केन्द्रसँग एकता गर्ने नीतिगत निर्णय गरेपछि असन्तुष्ट समूहले शनिबार छुट्टै भेला गरेको हो।

    वरिष्ठ नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको नेतृत्वमा असन्तुष्ट पक्षले वैकल्पिक समूह गठनको तयारी थालेको छ। स्रोतका अनुसार भुसालको संयोजकत्वमा ‘नेकपा एकीकृत समाजवादी (भुसाल समूह)’ गठन गर्ने तयारी भइरहेको छ।

    अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा संस्थापक पक्ष माओवादीसँग एकता प्रक्रियामा अघि बढिरहेका बेला भुसाल समूहले भने पार्टी पुनर्गठनको घोषणा गर्ने तयारी गरेको छ। भुसाल पक्षका नेता दामोदर अर्यालका अनुसार बैठकले “एकीकृत समाजवादीको पुनर्गठन” का लागि निर्णय लिएको छ र अन्य वाम दलहरूलाई पनि पुनर्गठनमा सहभागी हुन आह्वान गरेको छ।

    शनिबारको भेलामा झलनाथ खनाल, घनश्याम भुसाल, उपाध्यक्ष घनेन्द्र बस्नेत, उपमहासचिव विजय पौडेल, स्थायी कमिटी सदस्य जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, हरि पराजुलीलगायत पूर्व सांसदहरूको उपस्थिति रहेको थियो। अर्यालका अनुसार, एकीकृत समाजवादीका ४५५ केन्द्रीय सदस्यमध्ये १५८ जना पुनर्गठन पक्षमा उभिएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार