१८ कात्तिक, काभ्रेपलाञ्चोक । जेन–जी आन्दोलनको क्रममा प्रहरी कार्यालय तोडफोड गरेको आरोप लागेका आठ जना प्रहरीमा आफैं उपस्थित भएका छन्।
प्रहरी वृत्त जगातीमा तोडफोडमा संलग्न रहेको पहिचान भएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी दानबहादुर कार्कीका अनुसार सोमबार प्रहरीको बोलावटपछि ती व्यक्ति स्वेच्छाले जिल्ला प्रहरी परिसर भक्तपुरमा पुगेका हुन्।
आफैं उपस्थित हुनेमध्ये काभ्रेको भुम्लु गाउँपालिका–३ का ३४ वर्षीय रामशरण परियार, बनेपा नगरपालिका–४ का ३२ वर्षीय रुपक परियार, नमोबुद्ध नगरपालिका–१ का २२ वर्षीय अमृत सुनुवार, नमोबुद्ध नगरपालिका–६ का २२ वर्षीय विकाश तामाङ, सर्लाहीको लालबन्दी नगरपालिका–६ का २६ वर्षीय होमबहादुर खत्री, १६ वर्षीय सरोज बम्जन, महोत्तरीको सोनाम गाउँपालिका–८ का १८ वर्षीय प्रह्लादकुमार ठाकुर र भक्तपुर नगरपालिका–८ का ३२ वर्षीय राजन माक रहेका छन्। प्रहरीले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस