२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

भृकुटीमण्डप जाने तयारीमा जुटे पाँचखालका कम्यूनिष्टहरु 


१७३४३ पाठक संख्या
  • २०८२ कार्तिक १८, मंगलबार मा प्रकाशित ३ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी सहितका दलहरु भोली काठमाडौको भृकुटीमण्डपमा हुने ९ दलहरु एकताको घोषणा कार्यक्रममा जाने तयारीमा जुटेका छन् ।
    नेपाल कम्यूनिष्ट पार्टीको बृहत् एकता सभामा जानको लागि नेकपा माओवादी केन्द्र पाँचखाल नगर कमिटिको पहलमा मंगलवार लछफल भएको थियो । छलफलबाट वामपन्थी ध्रुवीकरणको समर्थनमा पाँचखाल नगरका वामपन्थी दलहरू राजधानीमा हुने संयुक्त शक्ति प्रदर्शनमा सहभागी हुने तयारीमा जुटेको जानकारी प्राप्त भएको छ ।

    नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टी (नेसपा) का स्थानीय नेता तथा कार्यकर्ताहरू संयुक्त ऐक्यबद्धता प्रदर्शनका लागि भोलि बिहान १ बजे भृकुटीमण्डप पुग्ने तयारी भइरहेको नेकपा माओवादी केन्द्रका पाँचखाल नगर इञ्चार्ज चेत प्रसाद गौतम (मणी) ले जानकारी गराउनु भएको छ ।
    तीनै दलबीचको वाम एकता र सहकार्यलाई बलियो बनाउने उद्देश्यसहित आयोजित उक्त कार्यक्रममा पाँचखाल नगरका कार्यकर्ताहरू ठूलो संख्यामा सहभागी हुने अनुमान गरिएको छ । आयोजकहरूले यो कार्यक्रमलाई बामपन्थी धारको बृहत् ध्रुवीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा लिएका छन्।

    बृहद् वामपन्थी ध्रुवीकरणको समर्थनमा पाँचखाल नगरका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेसपा कार्यकर्ताहरू भोलि बिहान १ बजे भृकुटीमण्डपमा हुने संयुक्त शक्ति प्रदर्शनमा सहभागी हुने तयारीमा छन्। वाम एकता र सहकार्य सुदृढ पार्ने उद्देश्यसहित नगरस्तरका नेताहरूले व्यापक तयारी गरिरहेका छन्। आयोजकहरूका अनुसार पाँचखालबाट ठूलो संख्यामा कार्यकर्ता सहभागिता हुने अपेक्षा गरिएको छ ।

    नेकपा माओवादी केन्द्र, नेकपा एकीर्कत समाजवादी सहितका ९ वटा दल र समूहबीच एकतापछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी राखिने भएको छ । यस्तो प्रस्ताव माओवादी केन्द्रको बैठकबाट पारित भएको छ ।मंगलबार माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण र अन्तिम बैठक बसेको थियो । जसले ‘नेपाली कम्युनिस्ट पार्टी’ नाम राख्ने प्रस्ताव पारित गरेको हो ।

    एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ र चुनाव चिन्ह तारा राखिने भएको छ । नेताहरूका अनुसार माओवादी केन्द्रबाट पारित भएको यो नामबारे अन्य एकतामा रहेका पार्टीहरूसँग समेत छलफल भएर अगाडि बढ्नेछ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार