कार्तिक २२, काभ्रेपलाञ्चोक।काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–४ नालामा जुवा (कौडा) खेल्दै गरेको अवस्थामा सात जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार शुक्रबार साँझ करिब ५:१५ बजे जुवा खेलिरहेको गुप्त सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले घटनास्थलबाट नगद रु. २ लाख ३८ हजार २ सय १५ रुपैयाँ र १६ थान कौडा बरामद गरेको जनाएको छ।
प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी रविन बिष्टका अनुसार पक्राउ परेका सातै जनामाथि आवश्यक अनुसन्धान अघि बढाइएको छ।
प्रतिक्रिया दिनुहोस