२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

सहकारी क्षेत्रमा प्रतिकुल प्रदुषण फैलिएको छ—कर्माचार्य


६६०५ पाठक संख्या
  • २०८२ कार्तिक २२, शनिबार मा प्रकाशित ३ महिना अघि
  • काभ्रेपलाञ्चोक । पछिल्लो समयमा आएर सहकारी क्षेत्रमा प्रतिकुल प्रदुषण फैलिएको छ , जसले गर्दा सहकारी अभियानमा जुटेकाहरुलाई निकै सास्ति भएको छ । सहकारीको नीति , विधि र पद्धतिलाई आत्मासाथ गर्दै विचलित नभइकन अगाडि बढ्दै गर्दा जस्तोसुकै समस्या आएपनि आत्तिनुपर्ने अवस्था रहन्न ।

    उक्त भनाई काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं ४ मा रहेको सिड नेपाल बहुउद्धेश्यीय सहकारी संस्थाको संस्थापक अध्यक्ष एवं सल्लाहकार सिद्धि बहादुर कार्माचार्यले संस्थाको २४ औ साधारण सभाको अवसरमा आज (शनिवार) बताउनु भएको हो ।

    संस्थापक अध्यक्ष कर्माचार्यले थप्नुभयो—नाला र आसपासका क्षेत्रमा बसोवास गर्ने स्थानियहरुलाई सहकारीमा आवद्ध गराएर संस्थाको शेयर सदस्यहरुको आर्थिक सम्बुद्धिको लागि २५ बर्ष अगाडि सिड नेपाल नामक संस्थाको स्थापना गरेको बताउनु भयो । मामको आधारमा काम गर्नुपर्छ सोही राम्रो कामको आधारमा नाम पनि अब्बल रहन्छ । सोहि अनुरुप राम्रो काम गरेर अब्बल सहकारिको रुपमा आफ्नो पहिचान कायम गर्न सिड नेपाल सफल रहेको ठोकुवा गर्नुभयो । यो सहकारी सवल साथै सक्षम भएकोले शेयर सदस्यको हितको लागि लिएको लक्ष पुरा गर्दै आएको छ आगामि दिनमा पनि पुरा गर्ने सुनिष्चित रहेकोले ढुक्कका साथ कारोवार गर्न अनुरोध गर्नुभयो ।

    राष्ट्रिय सहकारी नियमन प्राधिकरणले हालै जारी गरेको निर्देशनलाई अक्षरस पालना गर्दै सम्पन्न गरेको उक्त साधारण सभामा संस्थाको गैह्र सदस्यको उपस्थिति थिएन । नेपाली पहिचान एवं संस्कृतिको संरक्षण गर्दै पञ्चकन्याबाट साधारण सभाको उद्घाटन गर्दै संस्थाको अध्यक्ष रेशमलाल नेपालीले संस्थाले हासिल गरेको उपलब्धिको वारेमा जानकारी गराउनु भएको थियो । उहाँले संस्थाले लिएको लक्ष पुरा हुदैआएको वताउदै भावि दिनहरुमा गरिने लक्षहरुको वारेमा जानकारी गराउनु भयो ।

    संस्थाको सचिव राजन श्रेष्ठ द्वारा संञ्चालित उक्त कार्यक्रममा संस्थाको कोषाध्यक्ष नवराज श्रेष्ठले आर्थिक प्रतिवेदन , संस्थाको सचिव राजन श्रेष्ठले प्रगती प्रतिवेदन , संस्थाको लेखा तथा सुपरिवेक्षण समिति संयोजक राजाराम दाहालले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    संस्थाको उपाध्यक्ष रामदेवी श्रेष्ठले शेयर सदस्यहरुलाई शव्दद्वारा स्वागत गर्नुभएको थियो । २४ औं साधारण सभाको अवसरमा संस्थाको जेष्ठ सदस्यहरु , उत्कृष्ट महिला बचतकर्ता , उत्कृष्ट बचत कर्ता , उत्कृष्ट बाल बचत कर्ता, अशल ऋणी लगायतलाई सम्मान गरिएको थियो ।

    २४ औ साधारण सभाबाट पुन रेशमलाल नेपालीको अध्यक्षतामा संचालक समितिको चयन भएको छ । जसको उपाध्यक्षमा रामदेवी श्रेष्ठ , सचिव राजन श्रेष्ठ, कोसाध्यक्ष नवराज श्रेष्ठ , सह सचिव कृष्ण कुमार श्रेष्ठ, सह कोषाध्यक्ष मीन प्रसाद पाण्डे रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा विष्णु प्रसाद वजगाई, राजु वजगाई, भीम देवि श्रेष्ठ, र श्रीकृष्ण प्रजापती चयन हुनुभएको छ । त्यसैगरी लेखा सुपरिवेक्षण समितिमा संयोजक राजाराम दाहाल ,सदस्यहरुमा गंगालाल श्रेष्ठ र नवराज भण्डारी रहनुभएको छ ।

    ४३४२ जना शेयर सदस्य रहेको संस्थामा २९ करोड १९ लाख ५३ हजार ८२ रुपैया निक्षेप रहेको संस्थामा २ करोड १२ लाख १९ हजार शेयर रकम रहेको छ । संथाले यस आर्थिक बर्षमा २३ लाख ७५ हजार ४४२ आम्दानी गर्न सफल भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार