२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

प्रहरी वृत्त जगातीमा आगजनीको आरोपमा २ पक्राऊ


३३२९ पाठक संख्या
  • २०८२ कार्तिक २४, सोमबार मा प्रकाशित ३ महिना अघि
  • काभ्रेपलाञ्चोक । भक्तपुर स्थित प्रहरी वृत्त जगातीमा आगजनी गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा नुवाकोटको बट्टार घर भएर सुर्यविनायक बस्ने २९ वर्षीय सुदिप घिमिरे र काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ३ शिखर आम्बोटे घर भएका २६ वर्षीय छेकु लामा छन् । लामा भक्तपुर बस्दै आएका छन् ।

    उनीहरु विरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक(एसपी) सुर्य बहादुर खड्काले रातोपाटीलाई बताए ।यसअघि जगाती वृत्त आगजनी गरेको आरोपमा १२ जना पक्राउ परेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार