२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

सरकारको निर्णयः दानबहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त


५७२१ पाठक संख्या
  • २०८२ कार्तिक २४, सोमबार मा प्रकाशित ३ महिना अघि
  • काठमाडौं, २४ कात्तिक। नेपाल प्रहरीले नयाँ महानिरीक्षक (आईजीपी) पाएको छ। सरकारले एआईजी दानबहादुर कार्कीलाई नेपाल प्रहरीको ३३औं आईजीपीमा नियुक्त गरेको हो। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी नेतृत्व सुम्पिएको हो।

    वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ ३० वर्षे सेवा अवधिका कारण २६ कात्तिक राति अवकाशमा जाने भएकाले सरकारले त्यसअघि नै नयाँ आईजीपी नियुक्त गरेको हो। कार्कीले २७ कात्तिकदेखि प्रहरीको कमाण्ड सम्हाल्नेछन्।

    इमानदार र अनुभवी अधिकारी

    कार्की १८ चैत २०५४ मा प्रहरी इन्सपेक्टरका रूपमा सेवामा प्रवेश गरेका हुन्। उनी करिब साढे दुई वर्षसम्म — १७ चैत २०८४ सम्म — प्रहरी नेतृत्वमा रहनेछन्।
    राजनीति शास्त्रमा स्नातकोत्तर गरेका कार्कीले पूर्वी टिमोरमा दुई पटक र हाइटीमा एक पटक संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी भइसकेका छन्।

    मुख्य जिम्मेवारीहरू

    जेन–जी आन्दोलन (२४ भदौ) का बेला कार्कीले काठमाडौं उपत्यकाको कमाण्ड सम्हालेका थिए। उनले यसअघि मानव स्रोत विभाग प्रमुख, लुम्बिनी प्रदेश प्रहरी कमाण्डर र काठमाडौं प्रहरी परिसर प्रमुखको जिम्मेवारी पनि सम्हालेका छन्।

    भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढ्दा उनी काठमाडौं प्रहरी प्रमुखका रूपमा थिए। फिल्डदेखि आईजीपी सचिवालयसम्म काम गरेको अनुभव भएकाले उनलाई संगठनभित्र इमानदार र सक्षम नेतृत्वका रूपमा चिनिन्छ।

    स्वच्छ छविका प्रहरी प्रमुख

    कार्कीमाथि कुनै आर्थिक विवाद नदेखिएको बताइन्छ। उनी नेपाल प्रहरीका पूर्व प्रवक्ता समेत हुन्। सहकर्मीहरूका अनुसार कार्की पेशागत निष्ठा, अनुशासन र स्वच्छ छविका कारण संगठनभित्र उच्च सम्मानका पात्र मानिन्छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार