२८ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले नेपाली कम्युनिस्ट पार्टीलाई औपचारिक रूपमा दल दर्ता प्रमाणपत्र प्रदान गरेको छ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १० अनुसार एकीकृत भएर बनेको यस पार्टीलाई आयोगले शुक्रबार राजनीतिक दल दर्ताको मान्यता दिएको हो। विभिन्न राजनीतिक दलहरूले एकता घोषणा गरेको भोलिपल्ट अर्थात् २० कात्तिकमा आयोगमा दर्ता निवेदन परेको थियो।
विभिन्न १० वाम दल तथा समूहहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी साविकका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरूको एकताको परिणामस्वरूप गठन गरिएको हो। आयोगका अनुसार पार्टीलाई पाँचकुने तारा चुनाव चिह्न तोकिएको छ।
दल दर्ता प्रमाणपत्र पाएसँगै नयाँ संरचनामा गठित नेपाली कम्युनिस्ट पार्टी अब औपचारिक रूपमा राजनीतिक क्रियाकलापमा सक्रिय हुन पाउनेछ।
प्रतिक्रिया दिनुहोस