२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

अज्ञात समूहमार्फत वडाध्यक्ष यादवको गोली हानी हत्या


५१७५ पाठक संख्या
  • २०८२ कार्तिक २८, शुक्रबार मा प्रकाशित २ महिना अघि
  • काठमाडौँ । मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या गरिएको छ। नगर प्रमुख राजेन्द्र प्रसाद यादवले घटनाबारे पुष्टि गरेका छन्।

    नगर प्रमुखका अनुसार शुक्रबार साँझ यादवमाथि अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए। गोली लागेपछि स्थानीयले उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याए पनि चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

    स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका वडाध्यक्ष यादवको हत्या प्रकरणमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार