२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

१० दलको एकतापछि बनेको नयाँ नेकपाको १३८ सदस्यीय समितिको नामावली सार्वजनिक


४१८७ पाठक संख्या
  • २०८२ कार्तिक २९, शनिबार मा प्रकाशित २ महिना अघि
  • काठमाडौँ । माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १० दलको एकतापछि बनेको नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को १३८ सदस्यीय केन्द्रीय समितिको नामावली सार्वजनिक भएको छ। सो सूची निर्वाचन आयोगमा बुझाइएको आधारमै फाइनल भएको प्राप्त भएको हो।

    गत कात्तिक १९ गते माओवादी, समाजवादीलगायतका दलबीच औपचारिक एकता घोषणा भएको थियो। एकता घोषणा हुनु अघि नै नवगठित दलको केन्द्रीय समिति आयोगमा दर्ता गरिएको थियो।

    नयाँ संरचनाअनुसार पार्टीको संयोजकमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, र सह–संयोजकमा तत्कालीन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल रहेका छन्।

    आयोगमा दर्ता गरिएको सूचीमा शीर्षस्थानदेखि १०औँ स्थानसम्म क्रमशः झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, अग्निप्रसाद सापकोटा, कृष्णबहादुर महरा, जगन्नाथ खतिवडा, जयन्तीदेवी राई र डा. बेदुराम भुसाल रहेका छन्।

    केन्द्रीय समितिको १३८औँ अर्थात अन्तिम नम्बरमा प्रचण्डकी बुहारी तथा माओवादी केन्द्रकी नेतृ विना मगर को नाम रहेको छ। नवगठित केन्द्रीय समितिमा ३३ प्रतिशत महिला सदस्य समावेश गरिएको पार्टी स्रोतले जनाएको छ।

    नेताहरूका अनुसार आयोगमा बुझाइएको १३८ सदस्यीय केन्द्रीय समितिमा तत्कालीन एकीकृत समाजवादीका नेता नेपालसहित ५९, माओवादी केन्द्रका प्रचण्डसहित ५६ रहेका छन् भने बाँकी अन्य दल नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी, नेकपा (समाजवादी), नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी–समाजवादी), नेकपा (साम्यवादी), माओवादी कम्युनिस्ट केन्द्र र देशभक्त समाजवादी मोर्चाका नेता रहेका छन् । एकता घोषणपछि डा. भीम रावल नेतृत्वको मातृ भूमि अभियानसमेत सोही पार्टीमा समाहित भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार