काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं २ विपि राजमार्ग बेलामा सवारी दुर्घटना दुईजना घाईते भएका छन् ।
आज (सोमबार) दिउसो १२ बजेको समयमा धुलिखेलबाट भकुण्डेबेशी तर्फ जाँदै गरेको बा.प्र.०१ –०२८ च २०४४ नं. को इभि कारको टाइरेट भाच्चिइ अनियन्त्रित भई विपरित दिशाबाट आउदै गरेको बा ४ ख ८२४० नं. को यात्रुबाहक बसमा ठक्कर दिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको अनुसार कारले बसलाई ठक्कर कारमा सवार गर्ने कार चालक जिल्ला मोरङ बेलवारी न.पा. १ बस्ने बर्ष ४१ को सल बहादुर धिमाल र कारमा सवार जिल्ला सिराहा सुखिपुर न.पा. १० बस्ने बर्ष २२ को सुनिल कुमार महत्तो घाईते भएका थिए । घाइतेहरुको उपचारको लागी धुलिखेल अस्पतालमा पठाईएको छ । बस चालक जिल्ला रामेछाप मन्थली न.पा. ७ घर भई हाल भक्तपुर चागुनारायण बस्ने बर्ष ३९ को उदय बहादुर मगर प्रहरीको नियन्त्रणमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस