काठमाडौं, ५ मंसिर । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन्।
एमालेको युवा दस्ता ‘युथ भोलिन्टियर फोर्स’ घोषणा कार्यक्रममा सम्बोधन गर्दै उनले प्रधानमन्त्री कार्कीले ‘फास्ट ट्र्याक’ बाट राजीनामा दिएर विधि र प्रक्रियाअनुसार देश चल्नुपर्ने बताएका हुन्।
उनका अनुसार देश राजनीतिक दलकै मार्गदर्शनमा चल्ने भएकाले दलभन्दा बाहिरबाट राजनीति सम्भव नहुने जिकिर गरे।
बस्नेतले भने, “फास्ट ट्र्याकबाट सुशीला आमाले राजीनामा दिनुस्, विधि प्रक्रियाबाट देश चल्ने हो। दलबाट देश चल्ने हो, दल बाहिरबाट राजनीति हुँदैन।”
प्रतिक्रिया दिनुहोस