२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

“मुख्यसचिव बदलिने : सरकार नयाँ नियुक्ति टुंग्याउने तयारीमा”


३४८५ पाठक संख्या
  • २०८२ मंसिर ५, शुक्रबार मा प्रकाशित २ महिना अघि
  • काठमाडौं, ५ मंसिर। सरकार नयाँ मुख्यसचिव नियुक्ति गर्ने तयारीमा जुटेको छ। बहालवाला मुख्यसचिव एकनारायण अर्याल मंसिर ९ गते अनिवार्य अवकाशमा जाने भएपछि रिक्त पद भर्न सरकारले प्रक्रिया अघि बढाएको हो।

    निजामती सेवा ऐन २०४९ को दफा १९ अनुसार प्रमुख सचिव पदमा बहालवाला सचिवहरूमध्येबाट ज्येष्ठता र कार्यकुशलताका आधारमा बढुवा गर्ने व्यवस्था छ।

    बहालवाला सचिवहरूको सूचीमा गोकर्णमणि दुवाडी सबैभन्दा अगाडि छन्। उनी वर्तमानमा राष्ट्रिय योजना आयोगमा कार्यरत छन्। उनपछि सुमनराज अर्याल दोस्रो नम्बरमा छन्, जो रक्षा सचिवको भूमिकामा छन्।

    तीसबैभन्दा पछि प्रमिलादेवी शाक्य बज्राचार्यको नाम छ, जो खानेपानी मन्त्रालयमा सचिव छन्। यसबाहेक मधुसुदन बुर्लाकोटी (प्रमुख तथ्यांक अधिकारी) र कृष्णहरि पुष्कर (श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव) पनि मुख्यसचिवका प्रमुख दाबेदारका रूपमा रहेका छन्। सरकारले छिट्टै नाम टुंगो लगाउने तयारी गरिरहेको बताइएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार