२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

“रवि लामिछानेको सहकारी ठगी मुद्दा उच्च अदालत पाटन र बुटवल दुबैमा स्थगित”


२८८७ पाठक संख्या
  • २०८२ मंसिर ५, शुक्रबार मा प्रकाशित २ महिना अघि
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगीसम्बन्धी मुद्दा उच्च अदालत पाटनमा पनि स्थगित भएको छ।

    न्यायाधीश स्वीकृति पराजुली र अवनी मैनाली भट्टराईको संयुक्त इजलासमा परेको आजको पेशी लामिछाने पक्षका कानुन व्यवसायीले स्थगित गरेका हुन्।

    यसअघि काठमाडौँ जिल्ला अदालतले धरौटी माग्ने आदेशविरुद्ध रवि र छविलालले उच्च अदालतमा पुनरावेदन गरेका थिए।

    त्यस्तै, आज तोकिएको उच्च अदालत बुटवलको पेशी पनि स्थगित गरिएको छ। बिगो बमोजिम रकम बुझाई थुनाबाहिर बसेर मुद्दा लड्न पाउने मागसहित लामिछानेले दर्ता गरेको निवेदनमाथि सुनुवाइ स्थगित भएको हो।

    बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका रवि लामिछाने र छविलाल जोशीको निवेदनमा आजका लागि पेशी तोकिएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार