नवलपुर, मङ्सिर ५ । पूर्वपश्चिम राजमार्गको मध्यविन्दु–८ खजुरी खोलामा यात्रुवाहक बस दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्रु घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २८४५ नम्बरको बस शुक्रबार बिहान करिब १० बजे सडकबाट करिब १५ मिटर तल खाल्डोमा खसेको हो। करिब ३५ यात्रुमध्ये २० भन्दा बढी घाइते भएको प्रहरी नायब उपरीक्षक (डिएसपी) तथा सूचना अधिकारी मधु नेपालले जानकारी दिए।
घाइतेहरुलाई तत्काल उद्धार गरी मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको प्रहरीले जनाएको छ। सबै घाइतेको अवस्था खतरामुक्त रहेको जानकारी गराइएको छ।
प्रतिक्रिया दिनुहोस