२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

प्रतिनिधिसभा निर्वाचन सुरक्षा: सेना–प्रहरी १० मंसिरदेखि देशव्यापी परिचालन


५४०९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८२ मंसिर ५, शुक्रबार मा प्रकाशित २ महिना अघि
  • सुशिल वञ्जरा,काठमाडौँ — आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले मंसिर १० देखि देशव्यापी रूपमा सुरक्षा परिचालन सुरू गर्ने भएका छन्।

    केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय सुरक्षा परिषद्‌बाट स्वीकृत एकीकृत निर्वाचन सुरक्षा कार्ययोजना–२०८२ अनुसार चारवटै सुरक्षा निकायले एकल तथा संयुक्त गस्ती, आवश्यकताअनुसार सादा पोसाकका सुरक्षाकर्मी परिचालन र संवेदनशील क्षेत्रको विशेष निगरानी गर्ने गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

    निर्वाचनको प्रत्यक्ष १६५ र समानुपातिक ११० गरी कुल २७५ सदस्य चयन प्रक्रिया सुरक्षीत बनाउने उद्देश्यसहित कार्ययोजना अघि बढाइएको हो।

    ३० कात्तिकमा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले कार्ययोजना स्वीकृत गरी रक्षा मन्त्रालयमार्फत राष्ट्रिय सुरक्षा परिषद्लाई पठाएको थियो। त्यसपछि बिहीबार प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद् बैठकले यसको अनुमोदन गर्दै निर्वाचनमा सेना परिचालनका लागि मन्त्रिपरिषद्‌समक्ष सिफारिस गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार