काठमाडौं — नेकपा एमालेले आज राजधानी काठमाडौंमा वृहत जनप्रदर्शन र जनसभा गर्दैछ। बागमती प्रदेश कमिटीको आयोजनामा बिहान ११ बजे प्रदर्शनीमार्ग–भृकुटीमण्डप क्षेत्रमा शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभाको तयारी गरिएको एमालेले जनाएको छ।
एमालेले प्रतिनिधिसभा विघटनको विरोध तथा सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक रूपमा गठन भएको भन्दै निरन्तर आन्दोलन चलाउँदै आएको छ। यसअघि एमालेले पहिलो चरणअन्तर्गत कात्तिक २२ गते देशभर वडास्तरीय भेला, कात्तिक २५ गते पालिकास्तरीय जनप्रदर्शन तथा २९ गते जिल्लास्तरीय प्रदर्शन सम्पन्न गरेको थियो।
यही श्रृंखलालाई थप प्रभावकारी बनाउन आज काठमाडौंमा वृहत प्रदर्शन आयोजना गरिएको पार्टीले जनाएको छ। यसैबीच, एमालेले मंसिर ५ गते शुक्रबार सिन्धुलीका पुष्पराज श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय ‘नेशनल भोलेन्टियर्स फोर्स’ गठन गरेको जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस