काठमाडौँ — मध्यबानेश्वरमा घरको कोठा फोरेर सुन–चाँदीका गरगहनासहित विभिन्न सामग्री चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त बानेश्वरको टोलीले काठमाडौँ महानगरपालिका–३१ स्थित एक घरमा ताला फोरेर चोरी गरेका सिन्धुपाल्चोक घर भएका २० वर्षीय सागर विश्वकर्मालाई पक्राउ गरी सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार घर फोड्न प्रयोग हुने उपकरणसहित चोरीका सामान बरामद गरिएपछि विश्वकर्मालाई नियन्त्रणमा लिइएको हो।
उनको साथबाट प्रहरीले एक थान खुकुरी, सुनको औँठी, बाला, झुम्का, पाउजु, मोतीको माला, चाँदीको सिक्का, विदेशी मुद्राका २२ थान सिक्का, फलामका रेन्ची, सोनी कम्पनीका दुई क्यामेरा, क्यामेराका चार्जर, भिडियो प्लेयर, मेमोरी कार्ड र सुन–चाँदीका २७ थान बिल बरामद गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका विश्वकर्मामाथि जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।




























प्रतिक्रिया दिनुहोस