२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

निर्वाचन नजिकिँदै: देशभर ८ लाखभन्दा बढी नयाँ मतदाता दर्ता


३१७३ पाठक संख्या
  • २०८२ मंसिर ६, शनिबार मा प्रकाशित २ महिना अघि
  • काठमाडौँ — प्रतिनिधिसभा सदस्य निर्वाचनअघि देशभर आठ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन्।

    निर्वाचन आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि दिएको समय बढाएपछि नयाँ मतदाताको संख्या सार्वजनिक गरिएको हो।

    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार फोटो तथा औँठाछापसहितको जैविक विवरण (बायोमेट्रिक्स) मार्फत ३ लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचयपत्रमार्फत ४ लाख ९२ हजार १८० मतदाता दर्ता भएका छन्। राष्ट्रिय परिचयपत्रकै आधारमा अनलाइनबाट दर्ता गर्न मिल्ने व्यवस्था भएपछि अनलाइन दर्ताको संख्या तीव्र रूपमा बढेको आयोगले जनाएको छ।

    यसअघि कात्तिक ३० गतेसम्मका लागि दर्ता समय तोकिए पनि नयाँ दर्ताको चाप बढेपछि आयोगले समय थप्दै मंसिर ५ गतेसम्मका लागि अवधि लम्ब्याएको थियो।

    प्रधानमन्त्री सुशीला कार्कीले पनि सामाजिक सञ्जालमार्फत नयाँ मतदाताको संख्या समेटिएको भन्दै दर्ता प्रक्रिया सम्पन्न भएको जानकारी दिनुभएको छ। गत कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा गरेका कुल मतदाताको सङ्ख्या १ करोड ८१ लाख ६८ हजार २३ पुगेको आयोगले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार