२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

जसपाका ६ नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित


३७१९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८२ मंसिर ७, आईतबार मा प्रकाशित २ महिना अघि
  • सुदिप काफ्ले ,७ मंसिर, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का ६ जना शीर्ष नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन्। समाहित हुनेमध्ये जसपाका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षद्वय रणध्वज लिम्बु (कन्दङ्वा) र परशुराम बस्नेत प्रमुख छन्।

    यस्तै जसपा केन्द्रीय सल्लाहाकार समितिका सदस्य दुर्गामणि देवान, केन्द्रीय विज्ञ परिषद् अध्यक्ष डा. पुष्पराज राजकर्णिकार र केन्द्रीय अनुशासन आयोगका अध्यक्ष कृष्णबहादुर घजु पनि नेपाली कम्युनिस्ट पार्टीतर्फ जान लागेका छन्।

    जेनजी आन्दोलनपछि जसपाभित्र नीति, सिद्धान्त तथा मुद्दा मिल्ने राजनीतिक शक्तिसँग एकीकरण, मोर्चा वा तालमेल गर्ने अधिकार केन्द्रीय कार्यकारिणी समितिलाई दिइए पनि बैठक नबोलाई अनिर्णयमा राखिएको बताएका उनीहरूले जारी गरेको जानकारी पत्रमा उल्लेख छ।

    कार्यकारिणी बैठक लामो समयदेखि स्थगित रहँदा पार्टी आन्तरिक निर्णयहरू अलमलमा परेका कारण असन्तुष्टि व्यक्त गर्दै उनीहरूले जेनजी आन्दोलनपछि बनेको नयाँ राजनीतिक परिदृश्यमा २०६२/६३ को जनआन्दोलनका उपलब्धि जोखिममा पर्न सक्ने भएकाले ‘अग्रगामी परिवर्तनका पक्षधर’ शक्तिसँग सहकार्य गर्ने धारणा व्यक्त गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार