२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

५ सय रुपैयाँको विवादमा महिलाको हत्या


३७७१ पाठक संख्या
  • २०८२ मंसिर ८, सोमबार मा प्रकाशित २ महिना अघि
  • काठमाडौँको टोखा नगरपालिका–९, नयाँ बसपार्क नजिक शनिबार फालिएको अवस्थामा भेटिएको शव महिलाको भएको पुष्टि भएको छ।

    प्रारम्भिक अनुसन्धानमा प्रहरीले शव तेस्रो लिंगीको हुनसक्ने आशंका गरेको थियो। तर त्रिवि शिक्षण अस्पतालमा गरिएको प्रारम्भिक परीक्षणपछि उक्त शव महिलाको रहेको चिकित्सकहरूले बताएका छन्। मृतकको पोस्टमार्टम रिपोर्ट भने अझै सार्वजनिक भएको छैन।

    शनिबार बिहान नयाँ बसपार्क छेउको सडकमा तन्नाभित्र पोको पारेर फालिएको अवस्थामा शव भेटिएको थियो। शवको पहिचान खुल्न नसक्दा प्रहरीले वरपरका होटल, टोल तथा सम्भावित सम्पर्क ठेगाना खोजी गर्दै अनुसन्धान अघि बढाएको थियो।

    उक्त हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले बसपार्कस्थित एक होटलमा भान्सेका रूपमा कार्यरत उदयपुर घर भएका सूर्य मगरलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार महिलाले आरोपीसँग लिएको ५ सय रुपैयाँ सापटी रकम फिर्ता नदिँदा दुवैबीच विवाद भएको थियो। यही विवादकै क्रममा सूर्यले घाँटी थिचेर हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

    आरोपीले महिलासँग कुराकानी हुँदा उनले आफ्नो घर रुकुम भएको बताएको स्वीकारेका छन्। तर प्रहरी टोलीले भने मृतक महिलाको वास्तविक पहिचान पुष्टि गर्न थप खोजी गरिरहेको काठमाडौँ प्रहरी परिसरका एसएसपी रमेश बस्नेतले जानकारी दिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार