१० मंसिर, काठमाडौं। स्कुटरमा सवार भई गलाको सुनको सिक्री लुट्दै हिँड्ने समूहमध्येका एक टासी गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। लमजुङ दोर्दी–७का ३९ वर्षीय गुरुङले १ मंसिरमा ठूलो भर्याङस्थित सडकमा एक महिलाको १.५ तोलाको सिक्री लुटेको आरोप छ।
स्वयम्भू प्रहरी वृत्तले पक्राउ गरेका गुरुङको जुरङ्खुस्थित कोठामा खानतलासी गर्दा ७६५ मोडेलको अटो पेस्तोल, ६ राउण्ड गोली, खुकुरी, लुटमा प्रयोग भएका कपडा, स्कुटर र औंठी बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस