काठमाडौं – हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने कन्काई पुल निर्माणको ठेक्का १४ वर्षपछि तोडिएको छ।
सडक विभाग अन्तर्गत हुलाकी राजमार्ग निर्देशनालय–इटहरीले बिहीबार पप्पु–महादेव–खिम्ती जेभीसँग गरिएको ठेक्का सम्झौता रद्ध गरेको हो।
७२३ मिटर लम्बाइको पक्की पुल डिजाइन–बिल्ड विधिमा बनाउन ३१ जेठ २०६८मा सम्झौता भएको थियो।काम ३० जेठ २०७२ भित्र सकाउनु पर्ने भए पनि ५ पटक म्याद थप्दा पनि प्रगति ५६% मात्र।ठेक्का रकम: करसहित ३४ करोड ९ लाख रुपैयाँ।ठेक्का रद्धसँगै कम्पनीको १ करोड ७१ लाख रुपैयाँ कार्यसम्पादन जमानत जफत गरिनेछ।
प्रतिक्रिया दिनुहोस