बागलुङ, मंसिर १८ । बागलुङ बजारतर्फ आउँदै गरेको एक पिकअप जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। बागलुङ नगरपालिका–८ सिगानामा भएको दुर्घटनामा परेका घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
बरेङबाट बागलुङतर्फ आउँदै गरेको ग ३ च ४८३४ नम्बरको जीप अचानक अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनापछि चालक सहित एक यात्रुको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख तिलक भारतीले जानकारी दिए।
घाइते सबैलाई प्राथमिक उपचारपछि थप उपचारका लागि धौलागिरि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुलेको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस