२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

प्रतिष्ठा कृषि सहकारीले गरेको कार्यले नगरलाई गर्व लागेको छ — तामाङ


४४४७ पाठक संख्या
  • २०८२ मंसिर १९, शुक्रबार मा प्रकाशित २ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ मा अवस्थित प्रतिष्ठा कृषि सहकारी संस्थाले आफ्नो १५ औं स्थापना दिवसको अवसरमा संस्थाका जेष्ठ सदस्यहरूलाई न्यानो कपडा र पोष्टिक आहारासहित सम्मान गरेको छ।

    संस्थामा रहेका शेयर सदस्यमध्ये ७० वर्ष नाघेका २५ जना जेष्ठ सदस्यलाई सिरक, चेवनप्राश र खाजाका लागि बिस्कुट प्रदान गरिएको थियो। त्यस्तै, संस्थाको कर्मचारिको तर्फबाट टोपी र मोजा वितरण गरिएको थियो।

    जेष्ठ सदस्य सम्मान कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित उज्यालो नेपालको अध्यक्ष तथा पाँचखाल नगरपालिका प्रवक्ता र वडा नं.–८ का वडा अध्यक्ष संजय तामाङले जेष्ठ नागरिकको सम्मान गर्नु भनेको दोस्रो पुस्तालाई संस्कार सिकाउने माध्यम भएको बताए।

    “अभिभावकको संरक्षण गर्नु नै संस्कारको विकास हो। प्रतिष्ठा सहकारीले जुन ढंगले कृषकको आवश्यकता पूरा गर्दै उत्कृष्ट कार्य गर्दै आएको छ, त्यसले नगर नै गर्वान्वित भएको छ,” प्रमुख अतिथि तामाङले भने।

    विशेष अतिथि जिल्ला समन्वय समिति काभ्रेकी प्रवक्ता अपसरा ढुंगानाले जेष्ठ नागरिकलाई सम्मान गर्नु भनेको संस्कार जोगाउनु मात्र नभई समाजको आधारस्तम्भप्रति कृतज्ञता व्यक्त गर्ने कार्य भएको बताइन्। “अभिभावकको सम्मान गर्नु मन्दिरमा भगवानको पूजा गर्नुभन्दा पनि ठूलो धर्म हो,” उनले भनिन्।

    त्यसैगरी पाँचखाल नगरपालिका–३ का वडा अध्यक्ष सुन्दर अधिकारीले सहकारीले जेष्ठ सदस्यको संरक्षण र सम्मानको अभियान अघि बढाएकोमा धन्यवाद व्यक्त गर्दै वडाको तर्फबाट पूर्ण सहयोग रहने बताए।
    पाँचखाल नगरपालिका–४ का वडा अध्यक्ष सुन्दर तामाङले सहकारीले वितरण गरेका न्यानो कपडा र पोष्टिक आहाराले जेष्ठ नागरिकको स्वास्थ्य संरक्षणमा सहयोग पुग्ने उल्लेख गरे।

    कार्यक्रम संस्थाका सचिव प्रदीप पौडेलले सञ्चालन गरेका थिए। समापन सत्रमा संस्थाका अध्यक्ष ज्ञानबहादुर थापाले सहकारीले कृषकको हितका लागि सञ्चालन गरिएका कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै जाने बताए। कार्यक्रममा संस्थाका उपाध्यक्ष श्यामबहादुर दुलालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार