२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

सर्वपक्षीय सरकारको माग गर्दै जेनजी समूह सडकमा उत्रँदै


३२५१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८२ पौष ६, आईतबार मा प्रकाशित १ महिना अघि
  • सुदिप काफ्ले, काठमाडौँ । जेनजी मिराज ढुङ्गाना समूहले भोलि (सोमवार) देखि देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेको छ। आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै समूहका संयोजक मिराज ढुङ्गानाले सर्वपक्षीय सरकार गठनको मागसहित आन्दोलन सुरु गर्न लागिएको जानकारी दिएका हुन्।

    ढुङ्गानाले भोलि बिहान ११ बजे काठमाडौँको माइतीघर मण्डलामा उपस्थित भई आन्दोलनमा सहभागी हुन सबैलाई आह्वान गरेका छन्। उनका अनुसार आन्दोलन शान्तिपूर्ण, अनुशासित र जनमुखी हुनेछ।

    पत्रकार सम्मेलनमा ढुङ्गानाले हालको राजनीतिक नेतृत्वले जेनजी आन्दोलनप्रति धोका दिएको आरोप लगाए। उनले वर्तमान राजनीतिक अवस्थाले जनताको अपेक्षा पूरा गर्न नसकेको दाबी गर्दै देशलाई निकास दिन सर्वपक्षीय सरकार आवश्यक भएको बताए।

    त्यसैगरी, उनले सुशीला कार्की नेतृत्वको सरकार असफल भइसकेको दाबी गर्दै वर्तमान सरकारबाट सुशासन, स्थायित्व र जनविश्वास कायम हुन नसकेको आरोप लगाए। उनले जनताको भावना र आवश्यकतालाई सम्बोधन गर्ने वैकल्पिक राजनीतिक संरचना निर्माणका लागि आन्दोलन अपरिहार्य भएको उल्लेख गरे। जेनजी मिराज ढुङ्गाना समूहले आन्दोलनलाई देशभर विस्तार गर्दै दबाब सिर्जना गर्ने जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार