२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ


२२११ पाठक संख्या
  • २०८२ पौष ६, आईतबार मा प्रकाशित १ महिना अघि
  • कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–३१ बाँसपानीकी ७५ वर्षीया दालकुमारी परियारको पुस ३ गते धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार घटनामा संलग्न रहेको अभियोगमा मृतककी नाति २२ वर्षीय आशिष परियारलाई आज पोखरा–१० बुद्धचोकबाट पक्राउ गरिएको हो । प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले वृद्धाको हत्यापछि कानमा लगाएको गरगहना लुटिएको र ती गरगहनासमेत बरामद गरिएको जानकारी दिए ।

    पक्राउ परेका आशिषको साथबाट सुनजस्तो देखिने पहेँलो रङका कानमा लगाउने दुई थान रिङ, ७२ लाल तौलका साना मुन्द्रा चार थान तथा घटनामा प्रयोग भएको बञ्चरो र चक्कु बरामद गरिएको प्रहरीले जनाएको छ ।

    हत्या आरोपी आशिषलाई कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार