कार्यक्षेत्रमा धेरै संघर्ष गरे पश्चात मात्र सफलता मिल्नेछ। आध्यात्मिकता र खोजी मुलक ज्ञानलाई निखार्ने समय रहेको छ। राजनीतिक क्षेत्रमा सक्रिय भूमिका निभाउनुपर्ने र पदीय जिम्मेवारी पनि वहन गर्नुपर्ने योग रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
व्यापार व्यवसायमा प्रतिस्पर्धीहरू अगाडी बढ्न सक्छन् सचेत रहनुहोस्। दाम्पत्य जीवनमा मधुर र भावनात्मक सम्बन्ध स्थापित गर्न सकिनेछ। अस्तव्यस्त जीवनशैलीमा सुधार ल्याउनुहोस् हरेक कार्यमा सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
आफ्नो लक्ष्यप्रति सजग रहनुहोला। दृढ सङ्कल्प र ईच्छाशक्तीको पहिचान हुने समय रहेको छ। संवादले सम्बन्ध सुध्रिनेछ त्यसले गर्दा मन हल्का रहनेछ। आर्थिक पक्ष सबल रहनेछ। स्वास्थ्यलाई लिएर गडबडी हुनसक्छ तसर्थ खानपिनमा अवश्य ध्यान दिनुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
भौतिक संसाधन जुट्नाले दिगो कार्य प्रारम्भ हुनेछ। शैक्षिक क्षेत्र फराकिलो हुनाले बौद्धिक सोचाईको स्तरमा विकास हुनेछ। सानो लगानीबाट पनि ठूलो लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
प्रियजनहरूसँग रमाइलो भेटघाट हुनेछ। यात्रा गर्नुपरेमा अलि कष्टदायी यात्रा हुनसक्छ तसर्थ लामो यात्राको आज सकेसम्म सुरुवात नगर्नुहोला। पुरानो समस्या सहजताको साथ सुल्झाउन सकिनेछ। मनमा कुनै कुरालाई लिएर अशान्ति रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। दाजुभाईमा आत्मीयता बढ्ने समय रहेको छ। सोचे अनुरुप उपलब्धि प्राप्त नभएतापनि सम्भावना खोजी गर्ने समय रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
सानातिना काममा अल्झिनु परे पनि बुद्धिको उपयोगले समाधानको पाटो पहिचान गर्न सकिनेछ। कार्यक्षेत्रमा कामलाई टाल्नुभन्दा सम्पादन गर्नमा विश्वास राख्दा उचित होला। शुभचिन्तकहरूको साथ र हौसलाले कार्य छिटो सम्पन्न होला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
अधिकार प्राप्तिको लागि संघर्ष गर्नुपर्ला। आर्थिक कारोबारमा नयाँ योजनाहरू प्रारम्भ गर्न सकिनेछ। प्रतीक्षित नतिजा अनुकूल देखिनाले मनमा उत्साह बढ्नेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ५ रहेको छ।
अरुको विश्वास गर्दा गरिरहेको कार्य रोकिन सक्छ। आफन्तहरू मध्य कुनै कुरालाई लिएर तनाव बढ्ने योग बन्दै छ त्यसैले समझदारीमा कार्य गर्दा लाभ होला। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। आलस्यले गर्दा कार्य समयमा सम्पादन गर्न नसकिएला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
घुमफिर र अनावश्यक किनमेलमा बढी समय र धनराशि खर्च हुनेछ। न्यायिक वा कानुनी पक्ष मजबुत हुनेछ। स्वास्थ्यले साथ दिनेछ। बोलिले कार्य बिगार्ने सम्भावना भएकोले वाणीमा संयमता राख्नुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
समस्या पन्छाउँदै अघि बढ्ने समय रहेको छ। पछिको लागि विशेष कामको जग बसाउने समय रहेको छ। श्रमको उचित मूल्यांकन मिल्नाले मन प्रसन्न रहला। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ।
पहिला गरेको कामको सफलताले मनमा अझै आशा जगाउनेछ। गृहणीहरूको घरको कार्यभन्दा धर्मकर्ममा धेरै समय बित्नेछ। महत्वकांक्षी योजनाहरू पूरा हुनेछन् साथै नयाँ परियोजनामा लगानि गर्ने योग रहेको छ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।
प्रतिक्रिया दिनुहोस