२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

उम्मेदवार चयनमा समय अभाव, मनोनयन मिति सार्ने संकेत 


२२८९ पाठक संख्या
  • २०८२ माघ ४, आईतबार मा प्रकाशित ३ हफ्ता अघि
  • ४ माघ, काठमाडौं।प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुने राजनीतिक दलहरूलाई उम्मेदवार चयनमा समयको चाप परेपछि निर्वाचन आयोगले उम्मेदवारी मनोनयनको समय केही दिन सार्ने संकेत गरेको छ।

    दलहरूबाट मनोनयनको मिति केही दिन पछाडि सार्न औपचारिक तथा अनौपचारिक रूपमा माग आउन थालेपछि आयोग यसबारे छलफलमा जुटेको हो। स्रोतका अनुसार, आयोगमा विभिन्न दलका तर्फबाट निरन्तर दबाब आइरहेको छ।

    निर्वाचन आयोगका एक आयुक्तले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता मितिबारे भने,“चौतर्फी दबाब आएको छ। सर्वदलीय सहमति भएमा एक–दुई दिन मनोनयनको मिति सार्न सकिन्छ।”

    आयोगले भने २१ फागुनमा तोकिएको प्रतिनिधि सभा निर्वाचनको मिति प्रभावित नहुने गरी मात्र मनोनयनको समय परिमार्जन गर्ने तयारी गरेको जनाएको छ।

    यसैबीच, नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ। देउवा पक्षले आयोगमै पुगेर समेत मनोनयनको मिति सार्न आग्रह गरेको जनाइएको छ।

    राजनीतिक दलभित्र आन्तरिक निर्णय प्रक्रिया टुंगिन बाँकी रहेकाले मनोनयन मिति सार्नुपर्ने दबाब बढ्दै गएको आयोगको बुझाइ छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार