२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

उम्मेदवारी मनोनयनका लागि अध्यक्ष ओली आज झापा जाँदै


१९५१ पाठक संख्या
  • २०८२ माघ ५, सोमबार मा प्रकाशित २ हफ्ता अघि
  • ५ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा प्रस्थान गर्दैछन् । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु हुन लागेकाले अध्यक्ष ओली आज बिहान साढे १० बजे काठमाडौंबाट झापातर्फको फ्लाइटमार्फत त्यहाँ जान लागेका हुन् ।

    निर्वाचन आयोगको कार्यतालिकाअनुसार मंगलबार उम्मेदवारी मनोनयन हुने भएपछि एमाले अध्यक्ष ओली उम्मेदवारी दर्ता तथा चुनावी गतिविधिमा सक्रिय हुन झापा जान लागेको पार्टी स्रोतले जनाएको छ । उनी झापा पुगेपछि पार्टीका स्थानीय नेता–कार्यकर्तासँग भेटघाट गर्ने र चुनावी तयारीका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

    अध्यक्ष ओली यसअघि पनि पटक–पटक विजयी हुँदै आएको झापा–५ निर्वाचन क्षेत्रबाट पुनः चुनावी मैदानमा उत्रन लागेका हुन् । नेकपा एमालेले उनलाई आगामी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दै झापा–५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने औपचारिक निर्णय गरिसकेको छ ।

    झापा–५ को चुनावी प्रतिस्पर्धा यसपटक चर्को हुने देखिएको छ । उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बालेन शाह उम्मेदवार बन्ने तय भइसकेको छ । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीले युवा नेता रन्जित तामाङलाई उम्मेदवारका रूपमा अघि सारेको छ ।

    मुख्य नेताहरू नै उम्मेदवार बनेसँगै झापा–५ लाई यस निर्वाचनको महत्वपूर्ण र चासोको केन्द्रका रूपमा हेरिएको छ । आगामी दिनमा उम्मेदवारी दर्ता, चुनावी प्रचार–प्रसार र गठबन्धनको अवस्थाले झापा–५ को राजनीतिक समीकरण थप स्पष्ट हुने अपेक्षा गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार