२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

संघर्षबाट संसदसम्मको यात्रा : बदन भण्डारीको जनमुखी नेतृत्व


७३५९ पाठक संख्या
  • २०८२ माघ १०, शनिबार मा प्रकाशित २ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका–२, सिम्थलीमा जन्मिएका बदन भण्डारी संघर्ष, मेहनत र आत्मविश्वासको बलमा स्थापित नेतृत्वको रूपमा उदाउँदै आएका छन्। वि.सं. २०४९ भदौ ६ गते निम्न वर्गीय परिवारमा जन्मिनु भएका भण्डारी आज एक सफल इ–कमर्स व्यवसायी, अनुभवी मिडिया कर्मी तथा सक्रिय सामाजिक अभियन्ताका रूपमा परिचित छन्।

    बाल्यकालदेखि नै अनुशासन, परिश्रम र अध्ययनशील स्वभावका भण्डारी विद्यालय जीवनमा सधैं कक्षाको प्रथम स्थानमा रहँदै आएका थिए। उनले काठमाडौँस्थित कैलासकुट बहुमुखी क्याम्पस, मित्रपार्कबाट उच्च शिक्षा हासिल गरेका हुन्। शैक्षिक जीवनमै नेतृत्व र सामाजिक जिम्मेवारीप्रति चासो देखाएका उनले अध्ययनसँगै व्यवहारिक अनुभवलाई समेत समान महत्व दिए।

    व्यावसायिक यात्रामा बदन भण्डारीले विभिन्न क्षेत्रमा रोजगारी र व्यवसायको अनुभव बटुलेका छन्। विशेषगरी इ–कमर्स क्षेत्रमा स्थापित व्यवसायीका रूपमा उनको पहिचान बनेको छ। यसका साथै लामो समय मिडिया क्षेत्रमा कार्यरत रहँदा उनले समाज, राजनीति र जनजीवनलाई नजिकबाट बुझ्ने अवसर प्राप्त गरे। यही अनुभवले उनलाई जनमुखी, व्यवहारिक र समाधानमुखी नेतृत्वको रूपमा अघि बढ्न प्रेरित गरेको देखिन्छ।

    सामाजिक सेवामा पनि भण्डारीको भूमिका उल्लेखनीय छ। वि.सं. २०७२ सालदेखि लायन्स क्लबमार्फत निरन्तर सामाजिक सेवामा संलग्न रहँदै आएका उनले विनाशकारी भूकम्प, कोरोना महामारी, बाढीपहिरो लगायतका विपद्का समयमा अग्रपंक्तिमा रहेर पीडितको सहयोग गरेका छन्। रक्तदान कार्यक्रम, वृक्षरोपण तथा वातावरण संरक्षण अभियान, वृद्धाश्रम र बालआश्रममा सहयोगजस्ता गतिविधिमा उनी नियमित रूपमा सक्रिय रहँदै आएका छन्। विपन्न, सीमान्तकृत तथा अवसरबाट वञ्चित समुदायको सशक्तीकरण उनको सामाजिक यात्राको मूल उद्देश्य रहेको छ।

    राजनीतिक रूपमा बदन भण्डारी विगत २० वर्षदेखि सक्रिय छन्। लामो समयको राजनीतिक अनुभव, संगठनात्मक क्षमता र जनसम्पर्कका आधारमा उनी हाल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सार्वजनिक मामिला विभागको सचिवको जिम्मेवारीमा कार्यरत छन्। आगामी प्रतिनिधि सभा निर्वाचनमा काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका भण्डारी जनताको आवाज संसदसम्म पुर्‍याउने संकल्पसहित चुनावी मैदानमा उत्रिएका छन्।

    भण्डारीले सेवा, पारदर्शिता र उत्तरदायित्वमा आधारित राजनीतिक संस्कारको वकालत गर्दै आएका छन्। सामाजिक न्याय, अवसरको समानता र समावेशी विकास उनका मुख्य राजनीतिक एजेन्डा हुन्। विशेषगरी युवा, श्रमिक र उपेक्षित समुदायको आवाजलाई राज्यको नीति निर्माण तहसम्म पुर्‍याउने प्रतिबद्धता उनले व्यक्त गर्दै आएका छन्।

    उनका अनुसार जनमुखी, उत्तरदायी र पारदर्शी शासन प्रणाली स्थापना गर्नु आजको प्रमुख आवश्यकता हो। स्थानीय आवश्यकताअनुसार विकास, रोजगारी सिर्जना, युवालाई उद्यमशीलतासँग जोड्ने नीति तथा समाजका सबै वर्गका लागि न्याय र सम्मान सुनिश्चित गर्ने राजनीति नै आफ्नो मूल लक्ष्य रहेको भण्डारीको भनाइ छ।

    संघर्षबाट सिकेको अनुभव, समाजसँगको गहिरो सम्बन्ध र परिवर्तनप्रतिको दृढ इच्छाशक्तिका कारण बदन भण्डारीलाई काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा एक सम्भावनाशील र जनविश्वास जित्दै गएको नेतृत्वका रूपमा हेरिन थालिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ५%२%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार