२०८२ माघ २५, आईतबार | Sun, 08, Feb, 2026

विद्यार्थी बोकेको बस दुर्घटना केहीको अवस्था गम्भीर


२८६१ पाठक संख्या
  • २०८२ माघ २०, मंगलबार मा प्रकाशित ५ दिन अघि
  • बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा विद्यार्थी सवार बस दुर्घटना हुँदा १० जनाभन्दा बढी विद्यार्थी घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

    परासीबाट विद्यार्थी लिएर फर्किंदै गरेको लु १ ख ८६७५ नम्बरको बस आज बिहान करिब ५ः३० बजे बसन्तपुरस्थित टोल गेट नजिक ट्याक्टरसँग ठोक्किँदा दुर्घटना भएको हो।

    दुर्घटनामा घाइते भएका विद्यार्थीहरूलाई उपचारका लागि भैरहवा मेडिकल कलेजमा भर्ना गरिएको ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवले जानकारी दिएका छन्।

    अध्यक्ष यादवका अनुसार केही विद्यार्थीको टाउकोमा चोट लागेको छ र उनीहरूको उपचार जारी छ। “घाइतेहरूको अवस्था चिकित्सकको निगरानीमा छ,” उनले अस्पतालबाट बताए।

    दुर्घटनाको कारण र अन्य विवरणबारे प्रहरीले अनुसन्धान गरिरहेको र थप जानकारी आउन बाँकी रहेको जनाइएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार