२०८२ माघ २५, आईतबार | Sun, 08, Feb, 2026

विवादास्पद अभिव्यक्तिपछि पक्राउ परेका दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा


१३५३ पाठक संख्या
  • २०८२ माघ २५, आईतबार मा प्रकाशित ८ घण्टा अघि
  • २५ माघ, काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंको आदेशअनुसार उनलाई हाजिरी जमानीमा छाडिएको केन्द्रीय साइबर ब्यूरोले जनाएको छ।

    केन्द्रीय साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीका अनुसार सरकारी वकिलको निर्देशनपछि आवश्यक प्रक्रिया पूरा गरी प्रसाईंलाई रिहा गरिएको हो।

    प्रहरीले प्रसाईंलाई शुक्रबार दक्षिणकाली नगरपालिका–चाल्नाखेल क्षेत्रबाट पक्राउ गरेको थियो। काठमाडौंबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेका बेला उनी पक्राउ परेका हुन्।

    पछिल्लो समय प्रसाईंले ‘पहिला हिन्दू अधिराज्य, अनि मात्रै निर्वाचन’ हुनुपर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए। यही अभिव्यक्तिका कारण उनी विवादमा तानिएका थिए।

    १९ माघमा चितवन पुगेका प्रसाईंले राजसंस्था पुनःस्थापन नभएसम्म निर्वाचन नहुने दाबी गर्दै सम्बोधन गरेका थिए। प्रशासनले तोकेको स्थानभन्दा बाहिर कार्यक्रम आयोजना गरेपछि सो क्षेत्रमा केही समय तनावको स्थिति समेत सिर्जना भएको थियो।

    प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ भने आवश्यक परेमा कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार