२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

पर्वलाई सभ्य ढंगबाट मनाऔं


४४४० पाठक संख्या

पछिल्लो समयमा आएर कुनै पनि पर्व मनाउंदा भड्कीलो ढंगबाट मनाउने चलन ह्वाततै वढेको छ ।

  • नवसंकेत अनलाईन
  • २०७५ बैशाख १, शनिबार मा प्रकाशित ५ साल अघि
  • पछिल्लो समयमा आएर कुनै पनि पर्व मनाउंदा भड्कीलो ढंगबाट मनाउने चलन ह्वाततै वढेको छ । जसका कारण विस्तारै पर्वको महत्व घट्दै जानु स्वभाविकै हो । नेपालमा मनाउने बिभिन्न प्रकारको पर्वलाई मनाउदा सामान्य ढंगबाट मनाउंने पुर्खाहरुको चलनलाई निरन्तरता दिदै जाने हो भने सवै प्रकारका नेपालीहरुले पर्वलाई खुसिका साथै महत्व दिदै आ—आफ्नो संकृतिलाई वचाइ राख्न सक्छन् । तर केहि बर्ष अगाडि बाट भड्कीलो साथै खर्चालु ढंगबाट पर्व मनाउने कार्यको बिकास संगै बिकृतिहरु भित्रिएको छ , जसका कारण सामान्य परिवारका नेपालिहरुलाई मार परिरहेको छ त्यसैका कारण संकृतिको जगेर्ना हुनेको बदला लोप हुने शंकेत बढेको छ ।

    पर्वको नाउमा अत्याधिक मदिरा सेवन गर्दै भड्कििलो ढंगको कार्यले नेपालिहरुको संकृतिको लोप हुनाको साथै बिकृतिले गर्दा समस्याहरु निम्तदै छ । पर्व मनाउने क्रममा मुलुकका बिभिन्न स्थानमा बिभिन्न घटनाहरु हुने गरेको पर्याप्त उदाहरणहरु रहेको छ । रमाईलेसंग आफ्नो संकृतिको जगेर्ना गर्न नसक्दा कति पय नेपालिहरु चिन्तित बनेका छन् । पश्चिमा मुलुकहरुको सिको गर्दै युवाहरुले पर्व मनाउंने क्रम वढेकोले नेपालिको संकृति विलय तर्फ जाँदैछ । यस्तै भड्किलो कार्यलाई निरन्तरता दिदै जाने हो भने भावि पुस्ताले नेपालिको पहिचान दिने ढंगको संकृति के थियो भनेर सम्झने अवस्था समेत रहंदैन ।

    मुुलुकको अस्तित्व जोगाई राख्नको लागि सरकारले यस्ता पस्चिमा ढंगको कार्यलाई नेपालमा भित्रनमा रोक लगाउंदै नेपाल र नेपालीको पहिचान हुने ढंगको कार्य गर्न लगाउने र गर्नेमा अग्रसर रहन जरुरी रहन्छ । प्रहरी प्रशासनले पर्वको नाउमा गरिने बिभिन्न बिकृतिलाई रोक लगाउने ढंगको कार्य गर्न जरुरी छ । आज नेपालिहरुको पर्वकै रुपमा रहेको नयाँ बर्ष रहेकोले नयाँ बर्षलाई मनाउने क्रममा आफ्नो कला र संकृतिलाई जोगाउने ढंगको कार्य गर्नेलाई प्राथमिकता दिदै हौसला प्रदान गर्न जरुरी रहन्छ । नयाँ बर्षको नाउमा हुने गरेको विकृति बिसंगतिलाई विस्तारै निमिट्यान्न पार्ने तर्फ सवै नेपाली एक जुट हुन जरुरी रहन्छ । नयाँ बर्ष २०७५ को अवसरमा सम्पुर्ण नेपालीले आफ्नो संकृतिलाई जोगाउंदै बिकृतिको अन्त्य गर्ने बाटो पहिल्याउन सफल रहुन भन्ने सुझाव दिदै नयाँ बर्षको सुखद उपलक्ष्यमा सम्पुर्ण नेपालीहरुको सु—स्वास्थ्य, उत्तरोत्तर प्रहरीको कामना गर्दै मुलुकको सम्बृद्धिको मार्गमा लामबद्ध रहन सफल रहोस भन्ने शुभकामना व्यक्त गर्दछु ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार