२०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024

प्रहरीको निस्कृयताले गर्दा चोरीको विगविगि


३०७९ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७५ बैशाख २७, बिहिबार मा प्रकाशित ६ साल अघि
  • पाँचखाल र आशपासको क्षेत्रमा प्रहरीको निस्किृयताले गर्दा चोरीको विगविगि बढेको छ । पछिल्लो समयमा प्रहरीले सवारी साधन तथा पैदल ग्रस्ति नगर्दा एकै रातमा तिन सहकारीमा चोरी भयो । स्वच्क्षा , आयआर्जन र जिवनमार्ग सहकारीमा चोरी भयो तर प्रहरीले हाल सम्म कुनै पहिचान गर्न सकेको छैन । नियमित गर्ने ग्रस्तिलाई कञ्जुसाई गर्दै आएको छ । जिल्लामा रहेको र्दुई राज मार्ग साथै ग्रामिण सडकमा पैदल तथा सवारी साधनबाट गर्ने ग्रस्ति नगर्दा सर्व साधारण मर्कामा परेका छन् । प्रहरीले नियमित रुपमा ग्रस्ति नगर्दा स्थानिय घरेलु मदिराको व्यवसाय फस्टाउंदै आएको छ । जसको कारण झगडा कुटपिट साथै लुटपात समेत हुने गरेको छ । खुलेआय राजमार्गको छेउछाउ साथै सार्वजनिक स्थानहरुमा जुवातास खेल्ने खेलाउने कार्य गर्दा समेत प्रहरी मुक दर्शक हुंदा गैह्र कानुनि कार्य गर्नेहरुलाई हौसला मिलेको छ । सार्वजनिक स्थानमा १ हजारको दरले पोटको थर्की राखेर खेली रहंदा समेत प्रहरी मौन बस्नाको रहस्य कुनै हुन सक्ने जिल्ला वासिहरुले आंकलन गर्न थालेका छन् ।

    बिशेष गरेर अरनिको राजमार्गमा प्रहरीले कुनै पनि ग्रस्ति नगर्दा स्थानियहरु असुरक्षित महसुस गर्न थालेका छन् । प्रहरीको निस्कृयताले गर्दा रातिको समयमा मापसे गरेर सवारी साधन चलाउनेको संख्या बढ्दै गएको छ । रातिको समयमा पाँचखाल प्रहरी चेक पईन्टबाटै मदिरा सेवन गरी लर्खराउंदै अनुमति पत्र समेत नभएकाले मोटरसाईकल चलाएर दुर्घटना गराउंदा समेत प्रहरीले सुरक्षालाई मजवुत पार्न सकेको छैन । स्थानिय मदिरा बिक्रेताहरुकै कारण बिभिन्न प्रकारका धेरै झगडाहरु भई प्रहरी केश हुंदै सार्वजनिक मुद्धा चल्दा समेत प्रहरी सचेत नहुंदा थप समस्या आएको छ । आर्थिक चलखेलकै आधारमा प्रहरीले गैर कानुनि कार्यलाई कुनै वास्ता नगरेको जनगुनासो आउंदा समेत मौन रहेका छन् पाँचखालका प्रहरी ।

    प्रहरीले आफ्नो दायित्वलाई नविर्सने हो भने साँझ ८ बजे भन्दा पछाडि स्थानिय होटलहरु संचालन गर्न दिनु हुंदैन । रातीको समयमा पैदल तथा सवारी साधन मार्फत ग्रस्ति बढाउनाको साथै प्रहरी विट अगाडिको चेक पईन्टलाई कडाई गर्न जरुरी रहन्छ । सार्वजनिक यातायात मार्फत मात्रै नभई मालवाहक टिपरमा समेत ढुवानि गर्ने गेको स्थानिय मदिरालाई नियन्त्रणमा लिन जरुरी रहन्छ । सार्वजनिक ठाउमा जुवा भन्दा पनि ठुलो रकमको बाजि राखेर खेल्ने पोट साथै जुवातासमा नियन्त्रण गर्न जरुरी रहन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार