२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

जनतालाई शुुसासन देऊ


२७१५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ भाद्र ६, बुधबार मा प्रकाशित ५ साल अघि
  • नेपाली जनताले शुसासनको आसामा धेरै ठुलो त्याग गरे । राणाकालीन अवस्थाको दर्दनाक पिडाको कारण उनिहरुलाई जनताको बलमा धवाए । राजतन्त्रको उदयबाट आशा गर्दै केही समय कुरे, राजतन्त्र भित्रको पञ्चायतको कारण जनताले शुख शान्तिको अनुभुति गर्न पाएनन् । मुलुकमा बहुदल हुदै हाल गणतन्त्रको छाहारीमा नेपाली जनता ओत लागेका छन् र श्सासनको आसामा पर्ख र हेरको नीति अवलम्बन गरी रहेका छन् । सिंहदरवारको अधिकार घरघरमा आएको ढ्वाङ् फुकिरहेको छ । तर नेपाली जनताले सोचे जस्तो उपलब्धि हासिल नभएको होकी भन्ने आशंका पैदा हुन थालेको छ । विगतको केही समय मिलिजुली सरकार भएकोले उललेख्य कार्य गर्न नसकेको आभासका साथ बहुमतको सरकार वनाउने अधिकार जनताले दिएका छन् ।

    वहुमतको सरकार निर्माण भएपश्चात भएको कार्य मध्य नेपाली जनतामा थोपरिएको अचाक्लि ढंगको कर साथै स्थानिय तहले प्रदान गर्ने सेवा सुबिधाको झन्झटिलो ढंगको व्यवहार नेपाली जनताको लागि त्यति पाच्य नभएको आभास भएको छ । जनताले तिरेको चरको सहि सदुपयोगको बदलामा चुहावट साथै जनप्रतीनिधिहरुले लिने सेवा सुबिधामै झ्वाम हुने अवस्था भएको छ । आज भन्दा ५० बर्ष अगाडि सिंगापुर दक्षिण कोरिया लगायतको मुलुकहरुको र नेपालको स्तर समान थियो । तर हालको अवस्थामा विगतमा नेपालको समान स्तर भएको मुलुकमा रोजगारीको लागि नेपालीहरु लाम लागेर त्यहाँ जानु पर्ने अवस्था निम्तिएको छ । यस्तो हुनुमा मुलुकमा शुसासन साथै स्प्रस्ट नीति नियमको अभावले गर्दा हो ।

    मुलुक होस यात जिल्ला साथै गाउं नगरनै किन नहोस त्यसको हितको लागि शासन नै निर्णायक मानिन्छन् । शुसानको स्थितिले कुनै पनि ठाउंको उन्नतीमा निर्भर हुनुका साथै कुनैपनि ठाउको अर्थतनत्रलाई बनाउन र भत्काउन सक्ने भएकोले त्यस्ता कार्यलाई नै मुख्य बिषय मानिन्छ । करिब ५ दशक अगाडि सम्म हालका कति पय विकसित मुलुकहरुमा आर्थिक क्रियाकलापमा कमजोर हुंदा मुलुकनै अशफल मानिएको थियो । तर क्रमस शुसासनलाइ मजवुत पारेर अगाडि बढ्दा विकासको फड्को मार्न सकेको धेरै उदाहरणहरु रहेको छ । यस्ता बिषयलाई मध्यनजर राख्दै मुलुकमा शुसासनको व्यवस्था गर्न जरुरी छ ।

    कुनैपनि ठाउंको अर्थतन्त्र कमजोर भएमा जति राम्रो नीति नियम बनाएपनि , जस्तो शुकै बिधान, संरचना, ढाँचा बनाएपनि, जुनशुकै दलले शासन चलाएपनि समस्यालाइ उचित ढंगबाट सम्बोधन गर्न सक्दैन । राजनैतिक दाउपेजलाई थाति राखेर विकासमुखि राजनीति गर्न सकेमात्र अर्थतन्त्रमा सुधार आउंछ । नेपालको कुनै पनि निकाय (तह) कमजोर हुनुको प्रमुख कारण शुसासन नहुनु प्रमुख हो , त्यसैगरी भू—बनोट, राजनीतिक अस्थिरता , कु—शासन, आन्तरीक कचिङ्गल, कमजोर अर्थतन्त्र, सिमित साथै पहुचका आधारमा राज्यको स्रोत साधन रहनु हो । नेपाली जनताको लामो त्याग साथै हजारौंले वलिदानि गरेर व्यवस्थालाई बदलि सक्दा पनि नेपाली जनताले श्सासन पाउन सकेका छैनन् ।

    कमजोर अवस्थामा गुज्रिएको मुलुकलाई संबृद्धितर्फ लैजान सम्पुर्ण स्थानिय तहले राम्रो भूमिका निर्वाह गर्न जरुरी छ । यस्तो अववस्थालाई व्यापक सुधार गर्न नसकेमा मुलुकमा रहेका दलहरु लोकतन्त्रका बाहक हुन्, विकास र प्रगतिका बाधक हैनन् भन्ने खालको आभास नेपाली जनतामा हुन जरुर हुन्छ । नेपाली जनताहरुले दलहरुलाई आज भन्दा अगाडि जसरी माया गरेर काखि च्यापेका थिए त्यस्तो कार्यलाई निरन्तरता दिने कार्यको लागि दलहरुको ठुलो भुमिका रहन्छ । दलहरुले जनताले दिएको आ—आफ्नो जिम्मेवामरीलाइ आत्मासात गर्दै शुसासनलाई कायम गरेर अगाडि बढ्न जरुरी रहन्छ । स्थाई सरकारले पनि नेपाली जनताको चाहना पुर्ण गर्न नसकेमा परिवर्तकामी वनेपाली जनताको धैर्यताको बाँध फुटेन सक्ने बिषयमा मध्यनजर राख्दै कार्य गर्न जरुरी रहन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार