२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

कर्मचारीलाई राजनीतिमा नल्यानु राम्रो कार्य


४३५४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ फागुन १, बुधबार मा प्रकाशित ५ साल अघि
  • राष्ट्रसेवक कर्मचारीलाई कुनै पनि राजनीतिक दलमा आवद्ध भएर दलकै निर्देशनमा कार्य गर्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । कर्मचारीहरुले निस्पक्ष ढंगबाट कार्य गर्न पाउनु भनेको आम नागरीकलाई समानताको आधारमा न्याय दिलाउनु हो । विगतको समयमा कुनैपनि कर्मचारी कुनै न कुनै दलको झण्डा ओडेर कार्य गर्दथे जसको कारण सेवाग्राहीहरुले निश्पक्ष रुपमा सेवा पाउने बिषयमा शंङ्का रहन्थ्यो । कर्मचारीले आफु निकटको व्यक्तीले सेवा लिन आउंदा सहज ढंगबाट सेवा प्रदान गर्ने तर फरक बिचार भएकाले सेवा लिन आउंदा झन्झटीलो साथै दुःख दिने गरेको पाईन्थ्यो त्यति मात्र नभएर कतिपय बिषयमा कानुन विपरित ढंगबाट आफु निकट दलको निर्देशनमा काम हुने गरेको समेत पाईन्थ्यो ।

    कर्मचारीहरु राजनैतिक दलको ईसारामा चल्दा सेवाग्राहिहरुले निस्पक्ष ढंगबाट सेवा पाउन नसकेको जन गुनासो आएको अवस्थामा नेपाल सरकारले संघिय संसद सचिवालयमा दर्ता गराएको विधेयकमा संघीय निजामती सेवाको गठन, सञ्चालन साथै सेवा सर्त सम्बन्धमा व्यवस्थ गर्न बनेको विधेयकमा कर्मचारहिरु राजनीतिक क्रियाकलापमा संलग्न नहुने उल्लेख गरेको छ । कर्मचारीहरुले राजनीतिक दलको सदस्यता लिएमा बर्खास्त गर्ने उल्लेख गरेको छ । जुन ढंगको बिधेयकले गर्दा कर्मचारीहरु विगतको जस्तो दलको निर्देशनमा कार्य गर्नुपर्ने बाध्यात्मक अवस्था बाट मुक्त हुने भएका छन् । दलको सक्रिय सदस्यता हुंदा दलको सिफारिसको आधारमा कर्मचारीले कार्य गर्नु पर्दा कर्मचारीलाई समेत असहज हुदै आएको अवस्थामा जारी हुन लागेको नयाँ विधेयकले गर्दा थप सहज हुने भएको छ ।

    कर्मचारीहरुको हक हितको नाउमा रानीतिक दलै पिच्छे ट्रेड युनियनहरु गठन भएका छन् । विधेयक लागु भएपछि दलै पिच्छे गठन भएका टेड युनियनहरु समेत भंग गरी कर्मचारीहरुको हक हितको लागि एउटै युनियनको व्यवस्था गर्ने र जसले निजामती सेवालाई तटस्थ, मर्यादित, भ्रस्टाचारमुक्त, अनुशासित, जनमुखी साथै परिणाममुखी बनाउन क्रियासिल हुने बिषयमा जोड दीएको छ । तर हालको जस्तो कर्मचारीहरुको सरुवा वढुवा साथै थमौतीको लागि सरकारलाई दवाव दिने धर्ना दिने जस्ता कार्य गर्न नपाउने भएका छन् । अव कर्मचारहिरुले विगतमा जस्तो दलहरुका चुनाव प्रचार, चन्दा दिने, मत माग्ने, सभा सम्मेलनमा उपस्थित हुने र आफु निकट भन्दा फरक सरकार रहेको समयमा विभिन्न माग गर्दै कार्यमा अवरोध गर्न नपाउने भएको छ ।

    प्रस्ताव गरेको विधेयकले गर्दा अवका दिनहरुमा कर्मचारीहरुले आफ्नो कार्य क्षेत्रमा रहेर नियमित रुपमा सेवाग्राहिहरुलाई सेवा प्रदान गर्ने समय मिल्ने भएको छ । विगतमा दलको विभिन्न कार्यमा संलग्न हुनु पर्दा कार्यलयको काममा बाधा पुग्ने गरेको थियो । सरकारले प्रसाव गरेको विधेयकले गर्दा आम कर्मचारी तथा सेवाग्राहिहरु खुसि भएका छन् । कर्मचारी तथा सेवाग्राहिहरुको खुसिलाई निरन्तरता दिन विधेयकलाई हर हालतमा पास गर्न जरुरी रहन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार