२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

फोहोर व्यवस्थापन ध्यान देऊ


३२१० पाठक संख्या

सिंहदरवारको अधिकार गाउँगाउँमा आउने भन्दा नेपाली जनताहरु दंगदास थिए । धेरै खुसिका साथ दिपावली गर्दै

  • नवसंकेत अनलाईन
  • २०७५ चैत्र ८, शुक्रबार मा प्रकाशित ५ साल अघि
  • सिंहदरवारको अधिकार गाउँगाउँमा आउने भन्दा नेपाली जनताहरु दंगदास थिए । धेरै खुसिका साथ दिपावली गर्दै सिंहदरबार गाउँमा ल्याउन आतुर रहे । तर गाउँमा आएको अधिकारले गर्दा जनताहरु पछिल्लो समय दिक्क मान्दै अलि चिन्चित हुदै “जुन जोगी आएपनि कानै चिरेको भन्न विवस” रहेका छन् । स्थानिय तहबाट सेवाग्राहिहरुले लिने सेवामा झन्झटिलो तरीका साथै कर्मचारीको अभाव साथै नीति नियमको स्प्रस्टता मा कमी भन्दै स्थानिय तहका कर्मचारीहरुले गर्ने व्यवहारले गर्दा चिन्तत हुनु स्वभाबिक हो । स्थानिय तहमा जनप्रतीनिधि नभएको लामो समयपछि जनताले पाएका जनप्रतीनिबाट ठुलै सहयोग साथै विकास निर्माणले ठुलै फड्को मार्ने साथै समृद्ध बन्ने ठुलै सपना देखेका स्थानिय जनताहरु पछिल्लो समयमा आएर “हात्ति आयो हात्ति आयो फुस्सा” भन्न बाध्य भएका छन् ।

    स्थानिय तहले विगतको तुलनामा जनताहरुसंग धेरै कर अशुलेको छ , तर सुबिधा भने खुम्चदै गएको अवस्था रहेको छ । सेवाग्राहिले कार्यालय समक्ष लिने सेवा मात्रै नभएर स्थानिय तहले जनतालाई दिने सुबिधामा समेत दुबिधा बढाएको छ । जनताको लागि सवैभन्दा अति आवश्यक पर्ने बिषय वातावरण स्वच्छ जरुरी रहन्छ तर सो बिषयमा कुनै ध्यान पु¥याउन नसक्दा जनताहरुको स्वास्थ्य दिनपर दिन विग्रदो अवस्थामा पुगेको छ । वातावरणमा असर पु¥याउने ढंगको उद्योग संञ्चाल साथै फोहोर मैला व्यवस्थापनमा हेलचेक्राई गर्दा मानव स्वास्थ्यमा समस्या आउने क्रम जारी रहेको छ । विकास निर्माणको नाउमा गरिने वातावरण प्रदुशणको बिषयमा समेत जनप्रतीनिधिले चासो नदिदा जनताहरु थप आक्रोसित हुन थालेका छन् ।

    काभे्र जिल्लाको जेठो नगरपालिकाले वातावरणमा गरेको लापर्वाहि पनि असह्य अवस्थामा उकालो लाग्दै छ । काभे्र र आसपासको जिल्लाहरुको व्यापारिक केन्द्रको रुपमा रहेको बनेपा फोहोर मैलाको कारण कुरुप हुदै छ । विगतमा जनताबाट चुनिएका जनप्रतीनिधि नहुंदा भन्दा हाल आएर फोहोर मैला अव्यवस्थित ढंगबाट बजार नै ढाक्ने गरी छरपष्ट अवस्थामा रहंदा समेत चासो पुग्न सकेको छैन । त्यसैगरी विकास निर्माणको नाउमा नगरको बिभिन्न स्थानमा भत्काएर छोडेको धुलोले गर्दा नगरनै ढाकोको छ । नगरको यस्तो चरम लापरवाही काभे्रको जेठो नगर दुर्गन्धित नगरको रुपमा पहिचान बनाउंदै छ । नगरपालिकाले विगतमा फोहोरको डम्पिङ गर्दै गरेको स्थानको व्यवस्थागर्न नसक्दा श्रीखण्डपुरमा स्थानीयले दुर्गन्ध फैलिएको भन्दै फोहोर फ्याक्न रोक लगाएका थिए । नगरले विकल्पको खोजि गरेको भन्दै कागजि माईन्युट तयारी गरे पनि फोहोको दुर्गन्धले छोडेन नगरवासिलाई ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार