२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

मुलुकको हितको लागि शुषासन


५९६२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण १५, बुधबार मा प्रकाशित ४ साल अघि
  • मुलुकलाई समृद्धि तर्फ अगाडी बढाउने हो भने शुषासन कायम गर्न जरुरी रहन्छ । मुलुकमा जव सम्म शुसासनको अवस्थामा सुधार आउंदैन तवसम्म उन्नती हुंदैन । पाँच दशक अगाडी सिंगापुर दक्षिण कोरिया लगायतको मुलुकहरुको र नेपालको स्तर समान थियो । तर हालको अवस्थामा विगतमा नेपालको समान स्तर भएको मुलुकमा रोजगारीको लागि नेपालीहरु लाम लागेर जानु पर्ने अवस्था निम्तिएको छ । किनकि सो मुलुकहरुले ठुलो फड्को मारेकोले गर्दा अर्थतन्त्र मजवुत हुन गयो । मुलुक होस यात जिल्ला साथै गाउं नगरनै किन नहोस त्यसको हितको लागि शासन नै निर्णायक मानिन्छन् । शुसानको स्थितिले कुनै पनि ठाउंको उन्नतीमा निर्भर गर्दछ । राजनीतिले कुनैपनि ठाउको अर्थतन्त्रलाई बनाउन र भत्काउन सक्ने भएकोले राजनीति संचालन नै मुख्य बिषय मानिन्छ ।

    अर्थतन्त्र कमजोर भएमा जति राम्रो नीति नियम बनाएपनि , जस्तो शुकै बिधान, संरचना, ढाँचा बनाएपनि, जुनशुकै दलले शासन चलाएपनि समस्यालाइ उचित ढंगबाट सम्बोधन गर्न सक्दैन । राजनैतिक दाउपेजलाई थाति राखेर विकासमुखि राजनीति गर्न सकेमात्र अर्थतन्त्रमा सुधार आउंछ । पछिल्लो समयमा आएर कुनै पनि तहको अर्थतन्त्रलाई सुधार गर्नुको बदलामा जसरी जे गरेर भएपनि सत्तामा पुग्ने दाउपेजमा खेल भई रहंदा लोकतन्त्रको सुदृडिकरण र अर्थतन्त्रको विकास हुन नसकेको हो । नेपालको कुनै पनि निकाय (तह) कमजोर हुनुको प्रमुख कारण शुसासन नहुनु प्रमुख हो । त्यसैगरी भू—बनोट, राजनीतिक अस्थिरता , कु—शासन, आन्तरीक कचिङ्गल, कमजोर अर्थतन्त्र, सिमित साथै पहुचका आधारमा राज्यको स्रोत साधन रहनु हो । नेपाली जनताको लामो त्याग साथै हजारौंले वलिदानि गरेर व्यवस्थालाई बदलि सक्दा पनि दलहरुको स्वच प्रकृतिक संस्कार शैलिमा परिवर्तन हुन नसक्दा समस्या जिउका तिउ रहेकै छ ।

    मुलुकको हितको खातिर राजनीतिक खेललाई परिवर्तन गर्दै मुलुकको आर्थिक बिकासमा नलाग्ने हो भने समस्या थप जटिल हुंदै जान्छ । कमजोर अवस्थामा गुज्रिएको मुलुकलाई संबृद्धितर्फ लैजान सहकार्यनै प्रमुख बिषय हो । तर पछिल्लो समयमा आएर राजनैतिक वेईमानि साथै आफु भए सवै ठिक अरु भए बेठिक भन्ने खालको अवस्थाले समस्या समाधान तर्फ भन्दा थप जटिलता तर्फ धकेलिएको छ । यस्तो अववस्थालाई व्यापक सुधार गर्न नसकेमा सम्बृद्ध नेपालको कल्पना सार्थक हुन सक्दैन । नेपाल र नेपालिको हित बिपरित कार्य गर्ने छुट कसैलाई पनि हुन सक्दैन । मुलुकमा रहेका दलहरु लोकतन्त्रका बाहक हुन्, विकास र प्रगतिका बाधक हैनन् भन्ने खालको आभास नेपाली जनतामा हुन जरुर हुन्छ । नेपाली जनताहरुले दलहरुलाई आज भन्दा अगाडी जसरी माया गरेर काखि च्यापेका थिए त्यस्तो कार्यलाई निरन्तरता दिने कार्यको लागि दलहरुको ठुलो भुमिका रहन्छ । दलहरुले जनताले दिएको आ—आफ्नो जिम्मेवामरीलाइ आत्मासात गर्दै शुषासनलाई कायम गरेर अगाडि बढ्न नसकेमा दलहरुप्रतिको विश्वास खुम्चिन सक्ने मात्र नभई समृद्ध नेपाल बन्न सक्दैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार