२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

जंगलि जनावरको आतंक बन्द गर


३९०१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन २१, मंगलबार मा प्रकाशित ४ साल अघि
  • कृषिप्राधान देश नेपालका कृषकहरु कृषि पेसामा आत्म निर्भर छन् । खेतीकै माध्यमबाट जिविकोपार्जन गर्नाको साथै खेती नगर्नेहरुका लागि आवश्यक तरकारी तथा खाद्यान्नको व्यवस्थामा कृषकहरुको ठुलो योगदान रहन्छ । कृषकहरु सफल हुनु भनेको देश सफल हुनु हो, जस्ले गर्दा नेपालमै उत्पादन भएको तरकारी, दलहन, तेलहन, फलफुल साथै खाद्यान्न बालिले नेपालमा आवश्यक माग परिपुर्ती हुने हो भने बिदेशबाट आयात गर्नु पर्ने हुदैन जसको कारण नेपाली मुद्रा विदेशमा जाँदैन । तर कृषकको समस्याको बिषयमा सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा कृषकहरु मारमा परेका छन् । कृषि पेसाको लागि अति आवस्यक मल, विउ साथै उपकरणको लागि सम्बन्धित निकायले चासो नराख्दा कृषि पेसा धरापमा पर्ने अवस्था रहेको छ ।

    पछिल्लो समय काभे्रको अधिकांस कृषिको पकेट क्षेत्रहरुमा जंगलि जनावरहरुले दुःख दिदा कृषकहरुले उत्पादन गरेको बालि सखाप हुने गरेको छ । वालिमा वदेल, भालु, दुम्सी साथै बाँदरले दुख दिएको छ । कतिपय स्थानका कृषकहरु जंगलि जनावरको कारण खेतीगर्न छोडीसकेको अवस्था छ । जिविकोपार्जनको लागि खेतीगर्नेहरुले जीवन धान्न नसक्ने भएपछि बसाई हिड्नु पर्ने अवस्था सृजना भएको छ । खेतीमा दुःखदिने कतिपय जंगली जनावरहरुलाई मार्न कानुनले रोक्छ, जसको कारण कृषकहरुले मार्ने प्रयास गरेका छैनन् । जनावरको खेतीमा आतंकको बिषयमा कृषकहरु जनप्रतिनिधिहरुसंग हार गुहार गर्दैछन् तर समस्या समाधान हुन सकेको छैन । कतीपय मठ मन्दिरमा बाँदरले दुःख दिएपछि नियन्त्रणको लागि भ्यानमा राखेर अन्यत्र लाने गरेको छ , तर मन्दिरमा बाँदरको आतंङ्क नियन्त्रण गर्ने नाउमा कृषि योग्य क्षेत्रमा लगेर बाँदल छाड्नुले थप समस्या निम्त्याएको छ । कृषकहरुको समस्यालाई मध्यनजर राख्दै जंगलि जनावरहरुको आतंङ्क बन्द गर्ने बिषयमा सम्बन्धित निकाय चनाखो हुन जरुरी छ ।

    जंगलि जनावरहरुको संरक्षण गर्ने नाउमा कृषकलाई आतंङ्क फैलाउने कार्य राम्रो होईन । मानिसलाई मारेर जनावरको संरक्ष गर्ने जस्ता कार्य त्यति सोभनिय हुदैन । मानिसले वाच्नको लागि गरेको खेती सखाप पारेपछि जंगलि जनावरको त संरक्षण भयो तर ति खेतिगर्ने मानिको विस्थापित हुन पुग्यो । दिर्घकालिन रुपमा समस्या समाधानको लागि बाँदरहरुलाई खेति नहुने घना जंगलमा पु¥याउन जरुरी हुन्छ साथै अन्य बदेल, भालु , दुम्सी, मिर्ग लगायतका जंगलि जनावरहरुलाई नियन्त्रण गर्ने बिषयमा कृषकहरुलाई अधिकार दिन जरुरी छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय, जिल्ला बन कार्यालय, सामुदायिक बन, साथै स्थानिय तहले समेत कृषकहरुको समस्या साथै जंगलि जनावरको आतंकको बिषयमा सचेत हुन जरुरी हुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार