२०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024

बल मिचाई, जुँगाको लडाई होइन बुद्धि विचार र विवेकबाट राष्ट्र निर्माणमा जुटन बेस होला की?


३३२१ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ १६, बुधबार मा प्रकाशित ५ साल अघि
  • अर्थात् त्यस्तै छन् यहाँको चलन । मतलब साफ छ । नेपालमा आपूmले पनि गर्न नसक्ने अरु गर्नेलाई पनि गर्न नदिने २०६२÷०६३ को जन आन्दोलनबाट प्राप्त भएको गणतान्त्रिक लोकतन्त्रको उपलब्धीलाई सफल पार्ने तर्फ नभई आ–आफ्नै पार्टी, नाता गोता तथा परिवारतन्त्र सफल पार्ने विषय तर्फ लागेको कारण नै महाभ्रष्टाचार भएको हो की भन्ने जनआँकलन व्यापक भएको छ ।
    अतः २०७२ अशोजमा निर्माण भएको संविधान अनुरुप नै भर्खरै मात्र सकिएको निर्वाचन परिणामबाट नै प्रष्ट भएको छ की संविधान सर्वस्वीकार्य भएको छ ।

    अव पनि संविधान संशोधन हुनु पर्छ पनि संघिय राज्य सरकार चलाउने पार्टी तथा मन्त्रीहरु भारतीय प्रधानमन्त्री मोदी जनकपुर भ्रमणको क्रममा मूख्य मन्त्रीलाई नै लाजै नमानी मोदीको अगाडि बसी भाषण गर्ने ? अर्थात् संविधान संशोधन हुनु पर्छ भन्ने ? के मधेशी राजपा पार्टी संविधानलाई स्वीकार नगरेको भए उनले २ नं. प्रदेशमा स्थानीय सरकार केन्द्र र संघीय सांसदमा चुनाव किन लडेको यहाँनिर गम्भिर प्रश्न उठेको छ ।

    मधेशी दलहरुले मधेसको गरिव जनतामाथि भौतिक तनाब तथा धम्कीपूर्ण भाषा गरी मधेशको जनताको मनोकांक्षा विपरित कार्यमा लागि राजनीति गर्दै आएको मधेशकै विज्ञहरुको भनाई आएको छ । अर्थात् २०७२ मा निर्माण भएको संविधानमा नै टेकेर निर्वाचनमा भाग लिएर निर्वाचित पनि भएको छ । फेरी पनि बल मिचाई र जुँगाको लडाइ किन ? मधेस राजपाको विकल्प अब पनि संघीय सरकारलाई समृद्ध मधेश बनाउनुको विकल्प छैन ।

    २१औं शाताब्दिमा आएर पनि मधेशी जनताहरु ढुंगे युग गुजारीरहेको मधेशी जनसमुदायहरुको गुनासो सुन्नमा आएको छ । अबको युगमा बल मिचाई गर्ने समय छैन । समयको पालना गर्नु शिवाय अरु कुनै बाटो या पाटो कही कतै मान्य हुने छैन । मात्र कसरी हुन्छ आफ्नो पालामा समृद्ध मधेश बनाउने भन्ने ध्यान केन्द्रीत भएको खण्डमा मधेसको भलो हुन्छ नत्र मधेसी नेताहरुको भलो हुँदौन किसानको हलो चाही पक्कै हुने दिन आएको देखिन्छ । यी सबै मधेशी नेताको भरमा छ ।

    अस्थिरबाट स्थीरमा

    सात दशक पछि अर्थात् २००७ साल २०३६ साल र २०४६ सालबाट प्राप्त भएको बहुदलीय व्यवस्थालाई पनि नारायण हिटीबाट पटक पटक हस्तक्षपको बाबजुत पनि २०५१ देखि जनयुद्धको नामाकरण गरी १० वर्षे जनयुद्ध गरी २०६२÷०६३ को विशाल जनआन्दोलनबाट प्राप्त भएको गणत्रान्त्रिक लोकतन्त्रलाई पनि समाप्त पार्नको लागि प्रतिक्रियाबादी अर्थात् हिन्दू धर्म र राजाको नाम जपी राजाबादी भन्ने माहिर राजनितिज्ञ कमलथापा जस्तो व्यक्तिको साथमा लागेको हाम्रो बामगठबन्धनको नेताहरु पछि लागेको होइन ?

    कारण थियो २०७० को आम निर्वाचनबाट आपूm चुनाव नलडी समानुपातिकमा वसी त्यतिखेरको समानुपातिक २६ सिट प्राप्त भएको कमल थापाले पनि हाम्रा मर्द नेताहरुलाई नामर्द बनाएको नै थियो । अर्थात् चलचित्रको भिलेनको रुपमा कमल थापाजस्तो व्यक्ति मर्द भएको हामी जनतलाई ताजा नै छन् । भनाईको मतलब कहिले परराष्ट्रमन्त्री कहिले स्थानीय विकास मन्त्री बनेको नै थियो ।
    कारण थियो बल मिचाई जुँगाको लडाई तत्कालिन केपी सरकार गिराउनको लागि बल मिचाई गरेको थियो चत्तुराई खुंखार नेता काँग्रेसको शेर बहादुर देउवा उनको चत्तुराईको तालमा जुँगाको लडाई खेल्ने तमासेको पुष्पकमल दाहाल प्रचण्ड । शेर बहादुर र दाहालको कारण नै राष्ट्रमा भ्रष्टाचार धेरै मौलाएको थियो । भ्रष्ट्राचारको मूल ढोका नै खोलेको अनुभव विज्ञहरुले गरेको थियो त्यतिखेरको समयमा ।

    कसरी ?

    १) प्रहरी संगठनको तहस नहस । अर्थात् बरियता क्रममा नै थियो नवराज सिलावाल । नवराजको क्रमबन्द तीन तहको पछिको व्यक्ति जयबहादुर चन्दलाई देउवाको देउरानी आर्जु राणाको दबाब थेक्न नसकी तत्कालिन प्रधानमन्त्री देउवाले तत्कालिन गृहमन्त्री विमलेन्द्र निधीको समर्थन विना जय बहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाएको थियो । जव प्रहरी महानिरीक्षकमा सिलवाललाई लत्याएर चन्दलाई नियुक्ति भएपछि पीडित पक्ष नवराज शिलवाल सर्बोच्चमा रिट गर्न बाध्य भएको कारण सर्बोच्चमा रिट दायर गरेको थियो ।
    सर्बोच्चबाट पीडित पक्षनै निर्णय गरी आएपछि देउवा र प्रचण्डाको बल मिचाईको कारण जय बहादुर चन्दमा हातमा खाली र सिलवाललाई नक्कली प्रकरणतिर अल्झाएको थियो । अर्थात् दुवै पक्ष नभई नाम नै नआएको व्यक्ति प्रकाश अर्याललाई महानिरीक्षक नियुक्ति गरी प्रहरी संगठनको नै बदनाम गरेको थियो ।
    २) त्यसै सिलसिलामा फैसला गर्ने एक मात्र महिला प्रधान न्यायधिष सुशिला कार्कीबाट नवराज सिलावललाई नै महानिरीक्षक बनाउने भन्ने आदेश आएको थियो । जय बहादुर चन्दलाई बदर गरेको आदेश सर्बोच्चबाट आएको थियो । यस्तो फैसला आएपछि शेर बहादुरले बल मिचाई देखाई सुशिला काकीमाथि महाअभियोग प्रस्ताव दर्ता गराई एकमात्र महिला प्रधानन्यायधिश सुशिला कार्कीको अपमान गरेको होइन । त्यसैकारण राष्ट्रमाथी आघात गरेको फलले नै जनताबाट उपेक्षा भएका हुन् भन्ने सामाजिक संजालमा व्यापक हुन आएको छ । देउवाको घमण्डीको कारणले गर्दा नेपाली काँग्रेसको अवस्था झन् गिरेको अनुभव जनता र काकर्यकर्ताहरुलाई महशुस भएको छ ।
    ३) अव काँग्रेसजनले प्रतिपक्षमा वसी रचनात्मक भुमिका निर्वाह गरी जनता र राष्ट्रको हित पक्ष भई समृद्धि नेपाल बनाउनमा कम्युनिष्ट सरकारलाई सहयोग गरेको खण्डमा काँग्रेसको ठूलो भलो हुनेछ भन्ने नागरिकको सुझाव र विचार आएको छ ।
    ४) काँग्रेस देउवाको सपनाहरु चकनाचुर भएको छ । उनले एमाले र माओवादी एकता हुनै सक्दैन भनि भित्रि भित्रि भारतको र मधेसी दलसँग मिलि एमाले र माओवादीलाई जुटाउने होइन फुटाउने र प्रचण्डलाई घरको न घाटको बनाउने खेलमा थियो देउवा । फेरी पनि देशलाई गद्धार गरी आफु प्रधानमन्त्री बन्ने सपना थियो देउवा । अब देउवाको राजनिति समाप्त नै भएको छ भनि काँग्रेसीजन भित्रनै हल्लीखल्ली भएको सूचना नागरिकलाई प्राप्त भएको छ ।
    ५) सेरबहादुरले भारतको प्रधानमन्त्री नेपाल भ्रमण भएपछी एमालेलाई एउटा कुरा, माओवादीलाई थाती राख्ने कुरा भयो होला भनि सेरबहादुर ढुक्क साथ निदाएको थियो । मोदी फर्के लगतै बाम एकता चमत्कारीका साथ सफल भएपछी देउवाको सातोपुत्लो गई निन्द्रा नै हराम भएको समाचार पनि मिडिायाद्धारा प्राप्त भएको छ । अर्थात काँग्रेस रा.ज.पा. र संघीय समाजवादी फोरम बाम एकता नभएको खण्डमा आफुहरु पनि सरकारमा गई हालीमुहाली गर्ने मौकाको पनि चक्नाचुर भएको छ । यीनीहरुले मौकामा चौका हान्ने अर्थात के.पी ओली र प्रचण्डलाई फुटाएर राष्ट्र र जनतालाई धोका दिने सपना चाही धुलापिठोे भएको जनसमुदायलाई महसुस भएको छ ।
    ६) अन्तिममा यी सानुदलहरुले नेपाल कम्युनिष्ट सरकारसँग अगाडी बढी राष्ट्र निर्माण समृद्ध नेपाल बनाउने बाहेक विकल्प छैन भन्ने जनसमुदायको विचारहरु पनि आएको छ । अबको समय बल मिचाई जुँगाको लडाइ होइन । बुद्धि विचारको लडाई अघि बढाई समृद्ध नेपाल बनाउनको लागी विकल्प छैन ।
    ७) हाम्रो राष्ट्र नेपालमा शक्तिशाली राजनितिको रुपमा उदाएको नेपाल कम्युनिष्ट पार्टीलाई अन्तराष्ट्रिय जगतलाई समेत चकित पार्दै दक्षिण एसियाको पहिलो, एसियाको दोस्रो र विश्वको पाँचौ ठूलो पार्टीको रुपमा उभिएको नेपाल भित्रको मात्र होइन यो त विश्वभरीको पुँजीवादी शक्तिहरुलाई पनि असिना पसिना भएको समाचार समेत प्रात हुन आएको छ ।
    अर्थात दुई तिहाइ जनमत प्राप्त प्रतिनिधित्व गर्ने नेपाल कम्युनिष्ट पार्टीगत रुपमा मात्रै होइन सरकारको स्तरमा पनि दरो र खरोमा उत्रिएको विश्व समुदायले पनि देखिन्छ । सांसद सरकार देखि सडकसम्म नेपाल कम्युनिष्ट पार्टीको प्रभाव क्षेत्रभित्र समेटिएको देखिन्छ ।
    हाम्रा महान नेता द्धय नेपालमा मात्र होइन, उनीहरु एसियाको समकालीन नेतामध्ये नेपाल कम्युनिष्ट पार्टीका अब्बल केपी ओली र पुष्पकमल दाहाललाई डाइनामिक र करिस्म्याटिक नेतामा मानिन्छ । यीनि दुइमा कुसल वाकपटुता चतुर्यता, गतिशिलता र जोखिम मोल्न सक्ने खुबीका कारण ओली र प्रचण्ड सामु नेपालका हाम्रो जस्तो समाजवादी पार्टी अरु कोही छैन भन्ने काँग्रेसका सभापती देउवा जस्तो लगायत विपक्ष पार्टीका नेताहरुको आन्द्राभुडी फत्रक्कै गलाई दिएको छ ।

    अब पाँच वर्षसम्म कसैले हल्लाउन नसक्ने जस्तो देखिएको केपी सरकार २००७ सालपछीको बलियो सरकारमा स्थापित भएको जनसमुदायलाई महसुस भएको छ । अर्थात भारतको प्रधानमन्त्री मोदी देखि लिएर हाम्रो नेपालकै नैतिकवान भन्ने नेताहरुको मुटुनै थरथर काप्ने गरी केपी र प्रचण्डले हिम्मत देखाएकोमा नेपालको २ करोड ८० लाख जनसमुदाय दुई नेताको आभारी छौं ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार