२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

मायै चाहिन्छ……..


१९४७५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० फागुन ३०, बुधबार मा प्रकाशित १ महिना अघि
  • १. संसारमा सित्तै त के चाहिं पाइन्छ
    माया पाउन घृणा हैन, मायै चाहिन्छ…….

    २. घृणाको बर्षात्‌ले मान्छे हुन्छ टाढा
    मायाको वर्षात्‌ले संवन्ध नै गाढा
    मनबाट भगाऊँ क्यारे विचारहरु छुसी
    अनि मात्र आउँछ होला आनन्द र खुशि

    संसारमा सित्तै त……

    ३. घमण्डको भारी बोकी कहाँ पुग्ने होला
    रिस- डाहा भूमरीमा ठोक्किने पो होला
    कुरा काट्‌दै दिन विताउँदा फल्ने के चाहिं होला
    झोला बोकी हिँड्नु पर्ला जय शम्भु भोला

    संसारमा सित्तै त……

    ४. अपमानको हिलो छ्यापी कहाँ पाइन्छ मान
    मान पाउन गर्नुपर्छ अरुताई संमान
    बदनाम गर्दै हिँडे कहाँ पुगिन्छ
    उडि रको चङ्गाको धागो चुडिन्छ

    संसारमा सित्तै त……

    ५. अलग-अलग दिमाग हुन्छ आफ्नो लाद्नु हुन्न
    अलग-अलग बाटो हुन्छ हिँड्न रोक्नु हुन्न
    आफ्नो-आफ्नो जिन्दगी हो चल्न दिनुपूर्छ
    नदी जस्तै जिन्दगी हो बग्न दिनुपर्छ

    संसारमा सित्तै त…….

    (गितकार पुर्वशिक्षक हुन्।)-सिताराम शिपखान
    पाँचखाल,काभ्रे

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १२%३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार