२०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024

आर्थिक विकास संस्थाबाट नै कारोबार गर्नुपर्छ —वडा अध्यक्ष


७३८५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ बैशाख १३, बिहिबार मा प्रकाशित १ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक । सहकारी अभियानमा पृथक ढंगबाट कार्य गर्दै शेयर सदस्यको साथै सामाजिक हितमा समेत कार्य गर्दै अगाडि बडेको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरूको टोल टोलमा पुगेर संस्थाको अवस्थाको बारेमा जानकारी गराउनाको साथै सहकारी शिक्षा प्रदान गर्ने अभियानको सुरुवात गरेको छ ।

    दश वर्षे जनयुद्धको कारण ग्रामीण स्तरमा रहेका बैंकहरू समेत सुरक्षित स्थानको खोजी गर्दै शहर केन्द्रित हुँदै गर्दा ग्रामीण स्तरका आर्थिक कारोबार गर्न अभाव भएको महसुस गर्दै स्थानियको समस्यालाई मध्यनजर गर्दै स्थापना भएको सहकारीले सामाजिक हितको लागि समेत कार्य गर्दै आउनु साथै पारदर्शिता र संस्थाको अवस्थाको बारेमा शेयर सदस्यहरूलाई जानकारी दिने अभियानले जिल्लावासीको मन जित्न सफल भएको छ संस्था ।

    बाषिर्क साधारणसभाको निर्णय अनुसार संस्थाको आ.ब २०८०/८१ को स्वीकृत कार्यक्रम अनुसार ६० वर्ष पुगेका शेयर सदस्यहरूलाई तीर्थ लाने ‚ शेयर सदस्यहरूलाई बनभोज कार्यक्रममा सहभागि गराएर सुझाव संकलन गर्ने साथै संस्थाको अवस्थाको जानकारी गराउने ‚ नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्ने ‚ मठ मन्दिरहरूमा सरसफाइ तथा फोहोर मैला व्यवस्थापन ‚ विभिन्न पर्वहरूमा मठमन्दिरमा हुने मेलाहरूमा भक्तजनहरूलाई पिउने पानीको व्यवस्था लगायतका सामाजिक कार्यमा समेत अग्रसरता देखाएको संस्थाले एक पछि अर्को गर्दै थप सामाजिक हितको लागि कार्य गर्दै अगाडि बढ्नुले स्थानीय तहलाई समेत टेवा पुगेको छ ।

    संस्थाको स्वीकृत कार्यक्रम अनुसार कुन्ता सेवा केन्द्रको आयोजनामा मण्डनदेउपुर वडा नं ७ लम्साल थुम्कामा सहकारी शिक्षा शिविर सम्पन्न भएको छ । संस्थाको वर्तमान अवस्थाका बारेमा जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा संस्थाका ८४ जना सदस्यहरूको उपस्थिति रहेको थियो । संस्थाका कुन्ता सेवा केन्द्र व्यवस्थापन समिति संयोजक रामेश्वर सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मण्डनदेउपुर वडा नं ७ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा वडा नं ७ का निवर्तमान वडा अध्यक्ष नारायण प्रसाद लम्साल‚ समाजसेवी रमेश लम्साल‚ समाजसेवी रामकुमार दुलाल‚ सेवा केन्द्र व्यवस्थापन समिति सदस्य शम्भु प्रसाद पराजुली‚ सञ्चालक सदस्य बुद्धि प्रसाद पराजुली लगायतको आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ठाकुरनाथ अधिकारी‚ आर्थिक विभाग प्रमुख मनुप सापकोटा‚ कुन्ता सेवा केन्द्र प्रमुख सन्तोष अधिकारी लगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागि सदस्यहरूलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत र आर्थिक विभाग प्रमुखबाट संस्थाका विषयमा सहजीकरण गर्नुभएको थियो ।

    कार्यक्रमबाट सदस्यहरूले संस्थाको पछिल्लो अवस्था र संस्थाबाट प्रवाह भइरहेका सेवा सुविधा तथा कार्यक्रमहरूका विषयमा जानकार हुने अवसर पाएका थिए । कार्यक्रममा आफ्नो धारणा राख्दै अतिथि नारायण प्रसाद लम्सालले सहकारीको मर्म र भावना बोकेको सहकारी रुपमा परिचित आर्थिक विकासमा सदस्यता लिन र नियमित बचत गर्न जोड दिनुभएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि वडा नं ७ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले सदस्यको गुनासो‚ इच्छा र आकांक्षा बुझ्ने खालको सहकारी संस्था भएकोले आर्थिक विकास संस्थाबाट नै बचत र ऋणको कारोबार गर्नुपर्ने कुरा उल्लेख गर्दै संस्था बलियो र सदस्यमुखी बनाउन शेयर सदस्यको महत्वपूर्ण भूमिका रहने कुरामा जोड दिनुभएको थियो । संस्थाका कुन्ता सेवा केन्द्र संयोजक रामेश्वर सापकोटाले संस्थाले जेष्ठ सदस्य तीर्थयात्रा‚ सदस्य सम्मान‚ स्वास्थ्य उपचार सहयोग‚ मोबाइल बैंकिङ‚ स्वास्थ्य शिविर जस्ता कार्यक्रमले संस्था र सदस्य बिचको सम्बन्ध बलियो बनाएको धारणा राख्नुभएको थियो । सोही कार्यक्रमका अवसरमा लम्साल थुम्कामा ३ वटा संकलन केन्द्रहरू समेत गठन गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार