२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

पाँचखालमा स्वामी रामदासजीको प्रवचनको सुरुवात


१०५०५ पाठक संख्या
  • २०८१ बैशाख १५, शनिबार मा प्रकाशित १ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरमा जगद्गुरु श्री कृपालु श्री महाराजका सुपुत्र श्री घनश्यामदासजी महाराजका प्रचारक स्वामी श्री रामदासजीद्वारा विलक्षण दार्शनिक प्रवचन सुरुभएको छ ।

    आज बैशाख १५ गतेबाट सुरुभएको उक्त प्रवचन बैशाख २२ गते सम्म निरन्तर रुपमा चल्ने जानकारी प्राप्त भएको छ । पाँचखाल नगरपालिकाको सभा हलमा प्रत्तेक दिन साँझ ५ बजे देखि ६ः३० नियमित रुपमा प्रवचन हुने आयोजक पक्षले जानकारी गराएको छ ।

    कार्यक्रमको सुरुवातीको क्रममा राधे राधे पाँचखाल संयोजक विष्णु हरी पौडेलले गुरुहरु एवं उपस्थित स्रोताहरुलाई स्वागत गर्नुभएको थियो । स्वागत मन्तव्यको क्रममा संयोजक पौडेलले भन्नुभयो —सनातन धर्मको सिद्धान्तलाई जनजनमा पु¥याउने उद्देश्यका साथ अगाडि बढिएको छ । जसबाट सनातन धर्मको सिद्धान्तलाई जानेर ,त्यस अनुसारको साधना गरेर आध्यात्मीक सुख शान्तिको अनुभव गर्दै लाभ हासिल गर्न अनुरोध गर्नुभयो ।

    लगातार २२ गते सम्म चल्ने उक्त प्रवचनमा मानव जीवनको लक्ष्य के हो ? कसरी लक्ष्य प्राप्त गर्न सकिन्छ , देवता र इश्वरमा भिन्नता के छ ? बैराग्य किन आवश्यक छ ? गुरुहरुको योज्ञता कस्तो हुनुपर्छ , भगवानको भक्ति कसरी गर्ने ? भगवानको ध्यान गर्ने शास्त्रीय बिधि के हो ? भगवानलाई प्राप्त गर्ने मार्ग के हो लगायतको बिषयमा प्रवचन हुने जानकारी प्राप्त भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%५%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार