२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024

भन्सार छलि ल्याएको सामान काभ्रे प्रहरीले झ्याप


६५७९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ बैशाख २५, मंगलबार मा प्रकाशित १ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका वडा नं.९ काभ्रेभञ्ज्याङ स्थित बि.पि.राजमार्ग सडक खण्डमा सवारी साधनहरु चेकजाँचको क्रममा भन्सार छली ल्याएको सामान प्रहरीले बरामद गरेको छ ।

    सवारी साधन चेक जाँचको लागि सडकमा खटेको प्रहरी टोलीले रामेछाप मन्थली बाट काठमाण्डौ तर्फ सँगै आउदै गरेको बा प्र ०७–००१ ज ०००४ नं को इ.भि गाडी रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीको छतमा बोराहरुमा कपडाहरू राखी ल्याईरहेको अवस्थामा अनलाईन बिल नरहेको, कम मुल्य राखेको बिल भएकोले उक्त सामानहरु बरामद गरी त्रिभुवन बिमानस्थल भन्सार कार्यालय, गौचर, काठमाण्डौं मा बुझाइएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय काभे्रका अनुसार बरामद गरिएको सामानमा धोती सारी १०२ पिस , लेहङ्गा ४२ पिस , पातलो जाली भित्री कपडा ४० पिस ,थानको कपडा १२ पिस रहेको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार