२०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024

आधि घण्टा भित्र नागरिकता प्रमाण पत्र दिन्छौं—प्रजिअ ( भिडियो सहित)


४०८३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ बैशाख १५, शनिबार मा प्रकाशित १ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा कानुनी पहिचान ( नागरिकता र जन्म दर्ता ) सम्बन्धमा एक दिने अन्तरक्रियात्मक कार्यक्रम प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

    महिला‚ कानुन र विकास मञ्चको आयोजना ‚ पाँचखाल नगरपालिकाको सहजीकरण तथा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको समन्वयमा सम्पन्न उक्त कार्यक्रमको उद्देश्य नेपाली नागरिकता सहज ढंगबाट प्राप्त गर्नको लागि के कस्ता कानुनी प्रावधान रहेका छन् भन्ने रहेको थियो । कानुनी प्रावधान हुँदाहुँदै पनि केही धाराहरू व्यवहारमा उतार्न सामान्य कठिन भएको जसले गर्दा यदा कदा नागरिकता प्राप्तिका लागि केही समस्या भएकोले गर्दा सो समस्यालाई मध्यनजर गर्दै अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

    कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शर्माले भन्नुभयो—हामीले सेवाग्राहीहरूलाई सेवा सके सम्म छिटो दिने कोसिस गरेका छौं । प्रमाण र अभिलेख पुगेको अवस्थामा नागरिकताको लागि निवेदन दिएको आधि घण्टा भित्र नागरिकता प्रदान गछौँ । अभिलेख नभएका प्रकृयाहरू नपुगेको अवस्थामा समय लाग्न सक्छ । कहिलेकाँही नागरिकता प्रदान गर्नको लागि प्रमाण जुटाउन सर्जमिन समेत बुझ्नुपर्ने हुन सक्छ यस्तो अवस्थामा ढिला हुँदा ढिलो भयो भनेर झ्याली पिट्नु राम्रो हैन । “कहिले कँही ५०/६० वर्षका मानिसहरू नागरिकता बनाउन आउनु हुन्छ ‚ त्यति धेरै उमेर भएकाहरूले हिजो जन्म दर्ता गरेर आज नागरिकता बनाउन आउनु हुन्छ त्यति मात्रै नभएर न व्यक्तिसँग अभिलेख छ नत राज्यको प्रणालीमा अभिलेख हुन्छ यस्ता समस्याले गर्दा प्रमाण जुटाउने क्रममा सेवा ढिलो हुनु अस्वभाविक हैन । प्रजिअ शर्माले थप्नुभयो ।

    प्रमाण नपुगेको अवस्थामा आँखा चिम्लेर नागरिकता दिन सकिन्न ‚ सबै नागरिक सचेत भएको भए कसैलाई समस्या हुदैन थियो । केही नागरिकहरूले बदमासी गर्दा राम्रा स्वच्छ स्वच्छन्द नागरिकहरूमा समस्या आएको हो । कतिपयले नागरिकता घरमा राखेको ठाउमा कतै पर्दा भनेको समयमा भेटिन्न ‚ खोज्नको गारोले प्रतिलिपि बनाउन जिल्ला प्रशासन आउने गरेको समेत पाइएको छ । हामिले प्रतिलिपि दिन्छौं कानुनले प्रतिलिपिमा कति दिने भन्ने संख्या तोकिएको छैन तर चौथो पटकको प्रतिलिपिले राहदानी बन्दैन । चौथो प्रतिलिपि बोकेर राहदानी बनाउन जाँदा राहदानी विभागले स्वीकार गर्दैन । त्यसैले महत्वपूर्ण कागजातहरू सुरक्षित राख्नुपर्छ । नागरिकता बनाउनको लागि सिफारिस दिने अधिकार जो जस्‌संग छ उहाँहरूले प्रकृया पुरा गरेर प्रमाणहरू जुटाउने वातावरण मिलाउनु पर्छ । समस्या आउन सक्छ समाधानको लागि प्रकृयाहरू अगाडि बढाउन तयार रहेको प्रमुख अतिथि प्रजिअ शर्माले बताउनु भयो ।

    पाँचखाल नगरपालिका कार्यवाहक मेयर सुर्य मायाँ दनुवारको सभापतिमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख प्रशासकीय अधिकृत सुर्य प्रसाद गौतमले नगरवासीमा आएको कुनैपनि समस्या समाधानको कानुन र नीति नियमले दिएसम्म यथा सख्य छिटो समाधान गर्नेमा एक आपसमा सहकार्य गरेर अगाडि बढ्ने बताउनु भयो । महिला कानुन र विकास मञ्चका प्रतिनिधि दिनु लामाले स्वागत मन्तव्य राखी सुरुभएको उक्त कार्यक्रममा सहभागि वडा अध्यक्षहरु साथै वडा सचिवहरूले नागरिकलाई सेवा प्रदान गने क्रममा कतिपय अप्ठ्यारो परिस्थिति आएको जानकारी गराउनु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार