२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

राजनीतिक उपलब्धिको रक्षाको लागि परिवर्तन पक्षधर एक जुट भएका छौं—मन्त्री तमाङ


४९१५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० चैत्र ६, मंगलबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । संस्कृत‚ पर्यटन तथा नागरिक उड्यन मन्त्री  हित मान तामाङले दुई तिहाइको बहुमत नपुग्दा नेकपा माओवादी केन्द्रले भने अनुसारको संविधान बन्न नसकेको बताउनु भयो ।

    सोमवार काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल वडा नं १ अनैकोट सहिद स्मृति पार्कमा माओवादी केन्द्रले विगत २५ बर्ष अगाडिबाट नियमित रुपमा मनाउँदै आएको सांस्कृतिक प्रतिरोध दिवसको उद्घाटन गर्दै मन्त्री तामाङले उक्त धारणा राख्नुभएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि मन्त्री तामाङले थप्नुभयो —नेकपा माओवादी पाटी शक्तिकाली भएको समयमा पाटीले भने अनुसारको संविधान बन्न नसक्दा पाटी टुटफुट भयो । जनताको चाहना अनुसारको संविधान बनाउन दुई तिहाइ आवश्यक हुन्थ्यो सो हामीसँग पुगेन जसका कारण अन्तरिम संविधान भन्दा पनि कमजोर ‚ माओवादीलाई ब्याक फायर गरे अनुसारको संविधान निर्माण भयो । राजनीतिक परिवर्तनको विरुद्धमा आवाज उठाउनेहरु सग लड्न परिवर्तन पक्षधर एक जुट हुनुपर्ने अवस्था छ र सोही ढंगबाट अगाडि बढेका छौं ।

    १० वर्षे जनयुद्धको आडमा राजनीतिक उपलब्धि भयो तर सो उपलब्धिको हिषावले सामाजिक तथा आर्थिक रूपान्तरणको लागि नेपाली जनताले अनुभुति हुने ढङ्गको कार्य हुन नसकेको मन्त्री तामाङले बताउनु भयो । उहाँले थप्नुभयो —०६३ सालबाट निरन्तर रुपमा सरकारमा छौं ‚ राजनीतिक उपलब्धीहरूको रक्षाको लागि सरकारमा निरन्तर सहभागि रहन जरुरी छ । हामीले नेपाली जनताले अपेक्षा गरेको आर्थिक तथा सामाजिक रूपान्तरण गरेरै छाड्छौं । छिटो हुन दिएनन् तर सो जन अपेक्षालाई पुरा गरेरै छाड्छौं ।

    नेकपा माओवादी पाटीले चलाएको १० वर्षे जनयुद्धको क्रममा माओवादी जन कलाकारहरूको ०५५ साल चैत्र ५ गते हत्या गरिएको थियो । कलाकारहरूले आफ्नो कला प्रस्तुतीका लागि बाँसुरी मादल लगायतका वाद्यवादनका साथमा अनैकोटमा सेल्टर लिन आइपुगेका कलाकारहरूको सुराकी गरी हत्या गरिएको थियो । जुन समयमा गिरिजा प्रसाद कोइराला नेतृत्वको सरकारका गृहमन्त्री गोविन्दराज जोशि ‚ काभे्रका प्रमुख जिल्ला अधिकारी पे्रम प्रसाद शर्मा र प्रहरी प्रमुख डीएसपी केशव बहादुर बस्नेत रहनु भएको थियो ।

    घर भित्र बस्दै गर्दा घरमा आगो लगाएपछि निसास्सिएर बाहिर निस्किएका कलाकारहरूलाई पालै पालो गोली प्रहार गरी हत्या गरिएको थियो । हत्या गरिएकाहरूका साविक मेच्छे गाविस वडा नं ९ का च्याङ्वा लामा‚ सिन्धुपाल्चोक साविक पदमवास गाविस वडा नं १ का डम्बर श्रेष्ठ ‚ सिन्धुली जिल्ला साविक आमले गाविस वडा नं ३ का निर्मला देवकोटा ‚ सिन्धुपाल्चोक जिल्ला साविक कुविण्डे गाविस वडा नं ७ निवासी सुभद्रा सापकोटा ‚ साविक होक्से गाविस वडा नं ५ निवासी चिनिमायाँ तमाङ ‚ साविक महादेवस्थान गाविस ४ निवासी  मञ्जु कुँवर र साविक नयाँगाउँ देउपुर गाविस निवासी गुम्वासिं तमाङ समेत ७ जना कलाकार बस्दै गरेको घरमा आगो लगाएर हत्या गरिएको कलाकारहरू १५ वर्ष देखि २५ वर्ष सम्मका थिए ।

    आइत राम तामाङको सभापतिमा सम्पन्न उक्त कार्यक्रममा संघीय सांसद द्वय सूर्यमान दोङ र मिना तमाङ ‚ पूर्व सांसद द्वय गङ्गा बहादुर तमाङ र तेज बहादुर मिजार ‚ बागमती प्रदेश सांसद एवं पूर्व मन्त्री रत्न ढकाल ‚ प्रदेश सांसद रुकु चौलागाईँ ‚ स्थानीय तह प्रमुख रेणुका चौलागाईँ ‚ इन्द्र बहादुर थिङ ‚ नेकपा माओवादी जिल्ला कमिटी संयोजक भोला अर्याल ‚ सचिव देवलाल घिसिङ ‚ नेताहरू आइत सिं तमाङ ‚ मिना पाख्रिन ‚ जमिन ‚ उषा ‚ दिपेश ‚ होम खुलाल ‚ ध्रुव काफ्ले‚ विश्व दोङ‚ पाँचखाल नगरकमिटी संयोजक मणि गौतम ‚ मनिता लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन रामगोपाल भुजेलले गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार