२०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024

कतारी राजाले पाएको सम्मान देखेर मुर्मुरीदै


४१०९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ बैशाख १२, बुधबार मा प्रकाशित १ हफ्ता अघि
  • मुक्तक ७
    ~~~~~~~

    पावर पौचको दुरुपयोग गर्न सिर्यसी पल्केका
    अरुको नक्कल गरी आफ्नो दुनु सोझ्याएका
    कतारी राजाले पाएको सम्मान देखेर मुर्मुरीदै
    अतितको यादमा नभुतो नभबिष्यति गमेका ।

    नटवरलाल बिलाल खुर्सानीको बोटमा झुन्डिन
    अग्रजको भूमिकामा नाच्न नजान्ने प्रपञ्चन
    सात साल देखि यताकालाई जिस्क्याउन उद्यत
    भित्र भित्रै पाकेर आफुलाई सेकुवा ठान्ने सुदिन ।

    बीरगति प्राप्तको अर्थ अनर्थ आगोमा सेकाउदै
    जोर गणेश दान महादन नेपालमा बस कोट्याउदै
    भाषणमा तिर हान्न आतुर समाजबादी सास्त्रीयता
    महात्मा महाज्ञान लब्धाङ्क आफुमा थमाउदै ।

    राष्ट्रीयता भुलेर आफ्नो औकात देखाउने मत्लबी
    दरबारको स्वप्न देखेर तरबार उठाउनेछन् पल्लबी
    एक बर्को ओढ्न लालायित नचम्किएका अनुहारहरु
    नखुम्चियुन यस्पालालाई महाबीर बजरङ्गबली छबि ।

    हाहाकारमा प्राप्त महाराजाको स्वागतार्थ उभिनु भयो
    के गुमाउने हो के के माग्ने हो आफ्नु टपरा फिज्नुभयो
    सबैथोक त्यागे पनि अस्मिता जोगाउनु होला महोदय,
    यस्पालीको सम्मानमा समायोजन गराउन पुर्‍याउनु भयो ।

    हामीले पायौ आज बिदा राष्ट्रीय चाडको रुपमा उपस्थित
    सिग्ङो मुलुकलाई फाईदाको काईदा अभ्यास सुब्यबस्थित
    जनजिब्रोमा तपाईकै नाउ आओस स्वर्णिम अक्षरमा उदाई
    कुरा काट्न नपाओस कसैले साम्यबादले जरा गाडोस सुरक्षित ।

    हाम्रा शिवभक्तिनिहरु उता रोईरहनु भएको सूचना मिलेकै होला
    महाराजामा त्यो बिन्ति बिसाउन बिन्तिपत्र लेखेर चढाउनु होला
    कार्गो चढेर सूचना आएको छ बिचरा बिभत्स महाकाब्य कथा
    त्या पुग्नु भएका नेपाली दिदिबहिनी सुरक्षित रहुन सुनाउनुहोला ।

    शम्भुप्रसाद न्यौपाने बनेपा ६ बुडोल काभ्रेपलाञ्चोक

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार