२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

म संझी रहेछु आमालाई बालाई………


४००५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० चैत्र २०, मंगलबार मा प्रकाशित ३ हफ्ता अघि
  •  


    १. म संझि रहेछु आमालाई बालाई
    बितेर जाने आफन्तहरूलाई…..

    २. मेरी आमा मोटिघाटि हुनुहुन्थ्यो
    हँसिली दयालु हुनुहुन्थ्यो
    साँझविहान पुजापाठ गर्नुहुन्थ्यो
    दाउरा बाल्दै खाना पनि पकाउनुहुन्थ्यो

    म संझी रहेछु…..

    ३. मेरी आमा व्यवहारिक हुनुहुन्थ्यो
    खाँचो पर्दा एँचो-पैँचो चलाउनुहुन्थ्यो
    खरानी-तातो पानीले मैला लुगा धुनुहुन्थ्यो
    खेतवारीमा काम पनि गर्नुहुन्थ्यो

    म संझी रहेछु…..

    ४. मेरी आमा ‘पढ्नु‌पर्छ’ भन्नुहुन्थ्यो
    काँक्रो पनि ‘चोर्नु हुन्न’ भन्नुहुन्थ्यो
    माग्नेलाई खानेकुरा दिनुहुन्थ्यो
    पाखोबाट घाँस-दाउरा ल्याउनु हुन्थ्यो

    म संझी रहेछु…..

    ५.मेरी आमा सुख-दुख बाँड्नु हुन्थ्यो
    दुख पर्दा बेस्सरी रुनुहुन्थ्यो
    मकै भुट्दा अलिअलि उङ्नुहुन्थ्यो
    छिमेकी सँग पर्म पनि गर्नुहुन्थ्यो

    म संझी रहेछु…..

    ६. मेरा बा पात‌लो आङ‌को हुनु‌हुन्थ्यो
    सि‌‌दासादा सार्है सोझो हुनुहुन्थ्यो
    हाँसो उठ्दा मुसुक्क मुस्काउनु हुन्थ्यो
    सुत्ने बेशा सिलोक पनि गाउनु हुन्थ्यो

    म संझी रहेछु…..

    ७. मेरा बा कृषिकर्म गर्नुहुन्थ्यो
    खेतबारीमा गोरु पनि जोत्नु हुन्थ्यो
    धारामा गइ गाग्री-बाल्टी भर्नुहन्थ्यो
    रोपाईंका बेला खेतमै रमाइलो हुन्थ्यो

    म संझी रहेछु…..

    ८. मेरा बा ‘असल बन’ भन्नुहुन्थ्यो
    मिलाएर माच-कुन्यु लाउनुहुन्थ्यो
    गाई भैंसीको दूध पनि दुनुहुन्थ्यो
    काठको ठेकीमा मोही तुल्याउनु हुन्थ्यो

    म संझी रहेछु…..

    ९. मेरा बा चुरोट-बिँडि पिउनु हुन्नथ्यो
    गाईबाख्रालाई खानेकुरा दिनुहुन्थ्यो
    रेडियोमा गीत – समाचार सुन्नुहुन्थ्यो
    पिँडीमा बसी बिस्कुन पनि हेर्नु हुन्थ्यो

    म संझी रहेछु…..

    १०. मेरी आमा चौंसठ्ठि वर्ष बाँच्नु भो
    मेरा बा अठासी वर्ष बाँच्नु भो
    एक छोरी चार छोरा छोडेर जानु भो
    थाहा भएन कुन लोकतिर जानु भो

    म संझी रहेछु…..

    (गितकार पुर्वशिक्षक -सिताराम शिपखान
    पाँचखाल, काभ्रे।)

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार